दार्चुलामा भीरबाट लडेर दुई जनाको मृत्यु
दार्चुला : दार्चुलामा बिसु जात्राबाट घर फर्किने बेला भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ।
जिल्लाको मार्मा गाउँपालिका-१ घुल्जरमा लागेको बिसु जात्रा हेर्न गएका दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सूचना अधिकारी ज्ञानेन्द्र सिंहका अनुसार मार्मा गाउँपालिका-१ घोल्जर पाखु बस्ने ५१ वर्षीया कुटुमा देवी ठगुन्ना र उनको साथ रहेकी नातनी दुई वर्षीया सोनिया धामीको भीरबाट लडेर ज्यान गएको हो ।
शुक्रबार राति बिसु जात्राबाट घर फर्किने बेला भीरबाट लडेर बेपत्ता रहेका दुवै जनाको शव शनिबार दिउँसो करिब २ बजेतिर सुङगर भीरमा भेटिएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !
७