अछामका स्थानीय तहमा ४३ करोड १९ लाख बेरुजु
अछाम : अछामका स्थानीय तहमा ४३ करोड १९ लाख बेरुजु देखिएको छ। महालेखा परीक्षकको ६० औं प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ को बेरुजु ४३ करोड १९ लाख ८२ हजार देखिएको हो।
यो २०७६/७७ भन्दा ७ करोड ५५ लाख ७२ हजार बेरुजु बढी हो। मंगलसेन र पञ्चदेवल बिनायक नगरपालिकाले क्रमश: वर्षेनि बेरुजु घटाउँदै गएका छन् भने तुर्माखाँद गाउँपालिकाको बेरुजु वर्षेनि बढ्दै गएको देखिन्छ। साँफेबगर, कमलबजार नगरपालिका, चौरपाटी, बान्नीगढी जयगढ, रामारोशन, ढकारी र मेल्लेख गाउँपालिकाको बेरुजु घट्बढ् रहेको छ।
साँफेबगर नगरपालिकाको ३ करोड ९८ लाख ४२ हजार , पञ्चदेवल बिनायक नगरपालिकाको ३ करोड ६३ लाख ६ हजार, मंगलसेन नगरपालिका २ करोड ३१ लाख ४२ हजार, कमलबजार नगरपालिका ३ करोड ९५ लाख ९६ हजार, ढकारी गाउँपालिका ९ करोड ६७ लाख २२ हजार, बान्नीगढी जयगढ गाउँपालिका ८८ लाख ४ हजार, मेल्लेख गाउँपालिका २ करोड ३९ लाख २१ हजार, रामारोशन गाउँपालिकाको ७ करोड ५० लाख ७८ हजार, चौरपाटी गाउँपालिकाको ३ करोड १९ लाख १ हजार र तुर्माखाँद गाउँपालिकाको ५ करोड ६६ लाख ७० हजार बेरुजु रहेको छ।
जिल्लाका पालिकाहरुको २०७५/७६ मा ४२ करोड ७१ लाख ३८ हजार बेरुजु रहेको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा घटेर ३५ करोड ६४ लाख १० हजारमा झरेको थियो। अहिले पुन: ७ करोड ५५ लाख ७२ हजार बेरुजु बढेको छ। जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी बेरुजु ढकारी गाउँपालिका र सबैभन्दा कम वान्नीगढी जयगढ गाउँपालिका रहेको छ।
०७७/०७८मा ढकारी गाउँपालिकाको बेरुजु रकम ९ करोड ६७ लाख २२ हजार छ। ०७७/०७८ मा ४ करोड ५२ लाख ९८ हजार बेरुजु रहेको थियो। अहिले ५ करोड भन्दा बढीले बेरुजु बढेको छ। २०७५/७६ मा पालिकाको ४ करोड १९ लाख ४२ हजार बेरुजु रहेको थियो।
०७७/०७८ मा सबैभन्दा कम ८८ लाख ४ हजार बेरुजु भएको बान्नीगढी जयगढ गाउँपालिकाको ०७७/०७८ एक करोड १९ लाख बेरुजु रहेको थियो। २०७५/७६ मा १ करोड ९ लाख बेरुजु रकम रहेको थियो। बान्नीगढी सुदुरपश्चीम प्रदेशका ८८ वटा स्थानीय तह मध्ये सबैभन्दा कम बेरुजु रहेको पहिलो पालिका भएको लेखा अधिकृत नारद खनालले जानकारी दिए।
रामारोशन गाउँपालिकाको बेरुजु रकम ५ करोड ५० लाख ७८ हजार रहेको छ। ०७७/०७८मा ६ करोड ६२ लाख ८३ हजार रहेकोमा यो पटक एक करोड १२ लाख ५ हजार बेरुजु घटाएको छ।आर्थिक वर्ष ०७७/०७८मा २ करोड ५२ लाख ३ हजार बेरुजु रहेको थियो।
यसैगरी तुर्माखाँदको गाउँपालिकाको वेरुजु पनि वर्षेनि बढेको देखिन्छ। ०७७/०७८मा ३ करोड ५४ लाख ८३ हजार रहेको बेरुजु अहिले बढेर ५ करोड ६६ लाख ७० रहेको छ। ०७६/०७७ मा २ करोड ३९ लाख ४७ हजार बेरुजु रहेको थियो।
साँफेबगर नगरपालिकाले ०७७/०७८ मा देखिएको बेरुजुभन्दा अहिले एक करोड ६३ लाख ९५ हजारले घटेको छ।
०७७/०७८ मा ३ करोड ९८ लाख ४२ हजार रहेको छ। ०७६/०७७ मा ५ करोड ३७ लाख १२ हजार रहेको थियो। कमलबजार नगरपालिकाको बेरुजु बढेर ३ करोड ९५ लाख ९६ हजार पुगेको छ। ०७७/०७८ मा २ करोड ३१ लख १४ हजार रहेको थियो भने ०७६/०७७ मा २ करोड ६७ लाख २ हजार रहेको बेरुजु रहेको थियो।
यसैगरी पन्चदेवल नगरपालिका बर्षेनी बेरुजु घटाउँदै गएको छ। ०७७/०७८ मा ३ करोड ६३ लाख ६ हजार रहेको छ। एक करोड ३३ लाख ५० हजारले बेरुजु घटाएको छ। ०७७/०७८ मा ४ करोड ९७ लाख १० हजार रहेको थियो भने। ०७६/०७७ मा १६ करोड ९९ लाख ४४ हजार बेरुजु रहेको थियो। मेल्लेख गाउँपालिकाले बेरुजु घटाएको छ। ०७७/०७८ मा २ करोड ६५ लाख ८७ हजार रहेकोमा ०७७/०७८ मा घटाएर २ करोड ३९ लाख २१ हजारमा झरेको छ। ०७६/०७७ मा २ करोड ३१ लाख ३६ हजार बेरुजु रहेको थियो।
चौरपाटी गाउँपालिकाको बेरुजु बढेको छ। २०७७/०७८ मा २ करोड २२ लाख १६ हजार रहेकोमा अहिले बढेर ३ करोड १९ लाख १ हजार पुगेको छ। २०७५/७६ मा ४ करोड ८२ लाख ८२ हजार बेरुजु रहेको थियो। २०७५/७६ मा तुलनामा २०७७/०७८ मा २ करोड ६० लाख ६६ हजारले बेरुजु घटाएको चौरपाटीको अहिले फेरी बेरुजु बढेको छ।
मंगलसैन नगरपालिकाले पनि वर्षेनि बेरुजु घटाउँदै गएको छ। ०७७/०७८मा २ करोड ३१ लाख ४२ हजार बेरुजु रहेको छ। २०७७/०७८ मा ३ करोड २६ लाख ४७ हजार वेरुजु रहेको थियो भने २०७६/०७७ मा ३ करोड ७३ लाख ६५ हजार बेरुजु रहेको थियो। अछामका दश पालिकाको २०७८/७९ मा १२ अर्ब ८० करोड ६८ लाख ८७ हजार रुपैंयाँ लेखापरीक्षण गरिएको छ।