उदयपुरको शाहीखोलामा पक्की पुल बन्ने

उदयपुरको शाहीखोलामा पक्की पुल बन्ने
त्रियुगा नगरपालिका ८ स्थित शाहीखोलामा बन्ने पक्कीपुलको शिलान्यास गर्दै मेयर बसन्तकुमार बस्नेत ।  तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

उदयपुर : वर्षाको समयमा शाही खोलामा आएको बाढी रोकिएला र तरौंला भन्ने उदयपुरको त्रियुगा नगरपालिका ८ का स्थानीयको सपना अब पूरा हुने भएको छ । आकाशको पानी नरोकिएसम्म बाढी नघटने भएपछि खोलाको डरले घरमै बस्दै आएका स्थानीयले शाहीखोलामा पक्की पुल पाउने निश्चित भएको हो । 

सदरमुकामबाट ६ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा रहेको शाहीखोला वर्षाको समयमा स्थानीयका लागि अभिषाप बन्दै आएको छ । जनधनको क्षति हुने गरी आउने बाढीका कारण स्थानीय समस्या पर्दासमेत आउजाउँ गर्न सकेका थिएनन् । 

बाढी आएको बेला आकस्मिक बिरामीलाई समेत उपचारका लागि लैजान नसकेपछि वैकल्पिकरुपमा लामो दुरीको बाटो प्रयोग गर्न बाध्य भएका स्थानीय मदनराज कटुवालले बताए । उनले भने, ‘अन्य बेला त ठिकै हुन्छ, आपत्तविपत्त परेको बेला समस्या हुन्छ अनी जहिले घुमेर अर्को बाट जानुपर्ने हुन्छ, त्यतिन्जेलसम्म बिरामीको अवस्था  के हुन्छ भन्न सकिन्न ।'

राष्ट्रिय योजना आयोगमार्फत् समपुरक कोषबाट राजावास–बैरेनी–भान्टाबारी जोड्ने सडकअन्तर्गत शाहीखोलामा पक्की पुल निर्माणको प्रक्रिया  सुरु गरिएको हो । यो सडक त्यस क्षेत्रको सबैभन्दा पुरानो सडक हो । निर्माण हुन लागेको पक्की पुलको त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले शिलान्यास गरेका छन् । 

बहुवर्षीय योजनाअनुरुप २०८२ साल बैशाख १२ गते निर्माण सम्पन्न गर्ने गरी हिमनिर्माण सेवाले ४ करोड ५१ लाख २५ हजार ५ सय ७४ रुपैँयामा पुलको ठेक्का लिएको हो । सिंगल स्पाम भएको ४० मिटर लामो मोटरेबल पुल दुई लेनको हुने जनाइएको छ । 

पुलको शिलान्यास गर्दै मेयर बस्नेतले गाउँको विकासका लागि सडक, बिजुली, पानी अति आवश्यक रहेको बताउँदै बन्ने पुल त्रियुगा रिङरोडको अवधारणा अनुसार तयार गरिएको बताए । उनले स्थानीयको मागबमोजिम व्यस्त सडकखण्डको शाहीखोलामा पुल निर्माणले यातायात सञ्चालन र दैनिकीमा ठूलो राहत पुग्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.