वीरगन्जको रात्री बजारलाई निरन्तरता दिने महानगरको घोषणा

पहिलोपटक आयोजित रात्री बजारमा ३ करोडको कारोबार

वीरगन्जको रात्री बजारलाई निरन्तरता दिने महानगरको घोषणा
रात्री बजार । तस्बिर : क्रान्ति शाह
सुन्नुहोस्

वीरगन्जमा अब हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्री बजार लाग्नेछ।

वीरगन्ज : वीरगन्जको व्यापार व्यवसाय चलायमान बनाउने उद्देश्यले पहिलो पटक आयोजना गरिएको रात्री बजार सफल भएको भन्दै वीरगन्ज महानगरपालिकाले यसलाई निरन्तरता दिने भएको छ। नयाँ वर्षको उपलक्ष्यमा वीरगन्ज महानगरपालिकाले चैत ३० देखि बैशाख २ गतेसम्म तीनदिन पहिलो पटक रात्री बजार लगाएको थियो। 

रात्री बजारमा उत्साहजनक जनसहभागिता र व्यापार भएका कारण आफूहरुको उद्देश्य सफल भएको मेयर राजेशमान सिंहले बताए। उनका अनुसार वीरगन्जमा अब हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्री बजार लाग्नेछ। यहि बैशाखको ३० र ३१ गते पनि दुई दिन रात्री बजार लगाउने उनले बताए।
 

मेयर सिंहले भने,‘हामीले पहिलोपटक परीक्षणका रुपमा तीनदिने रात्री बजार लगाएका थियौं, यो तीन दिनको रात्री बजारमा भएको जनसहभागीता र व्यापारको कारोबारबाट हामी हौसिएका छौं, त्यसैका कारण यसलाई निरन्तरता दिन लागेका हौं।’

रात्री बजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानलले तीनदिने रात्री बजारमा करिब ३ लाख मानिसले सहभागीता जनाएको बताए। उनले भने,‘जितपुर , सिमरा र हेटौंडाबाट समेत मान्छेहरु यहाँ आएका थिए, भारतका सीमावर्ती शहरहरुबाट पनि पाहुनाहरु आएका थिए।’ 
 
रात्री बजार बिहारको रक्सौल, मेतिया, मोतीहारी र मुजफरपुरबाट गरि ५० हजार भारतीय आएको उनले बताए। तीनदिनको रात्री बजारमा भारतीयहरुलाई लक्षित गरी भारतबाट नेपाल प्रवेश गर्ने वीरगन्जस्थित मुख्य नाका तीन दिनका लागि २४ सै घण्टा खुल्ला गरिएको थियो।null

तीन दिनको रात्री बजारमा ठूला होटल र रेष्टुरेन्टबाहेक बजारमा लगाइएका स्टलहरुमा झण्डै तीन करोड रुपैयाँको कारोबार भएको पनि उनले बताए।
 
उनले भने,‘टेबुल र ठेलामा चाट, छोला भटुरा र पानीपुरी बेच्ने साना व्यापारीले मात्रै दिनको ३०/३५ हजारको व्यापार गरेका छन्, ठूला होटल र रेष्टुरेण्टको समेत जोड्ने हो भने ४ करोड जतिको कारोबार भएको होला।’ 

मेयर सिंहले पहिलोपटक तीन दिनका लागि आयोजना गरिएको रात्री बजारमा देखिएको उत्साजनक जनसहभागीताले कम्तिमा हप्ता वा महिनामा एकपटक अबेररात सम्म बजारमा घुमफिर र रमाइलो गर्दै किनमेल गर्न वीरगन्जवासीले चाहिरहेको पुष्टि भएको बताए। 
व्यापारीलाई रातिको समयमा पनि सुरक्षित वातावरणमा व्यापार व्यवसाय गर्न सकिन्छ भन्ने वातावरण पनि तीन दिनको रात्री बजारले निर्माण गरिदिएको उनले बताए। 

मेयर सिंहले भने,‘कामकाजी शहरवासी हप्ता वा महिनामा एकपटक भएपनि रातिमा बजारमा निस्किएर खुल्ला जीवन जिउन चाहेको कुरा यो तीनदिने रात्री बजारले देखियो , त्यसका कारण अब यो रात्री बजार लाई निरन्तरता दिन्छौं। ’

तीनदिनको रात्री बजारमा आदर्शनगर चोकदेखि कैलाश होटल चोक हुँदै पुरानो बसपार्क र चिल्ड्रेन पार्कसम्मको सडकमा खानाका परिकार, लत्ताकपडा , जुत्ता चप्पल, मसाज, पेयपदार्थ, विभिन्न समुदायका सांस्कृतिक झाँकी लगायतका गरी १ सयभन्दा बढी स्टलहरु राखिएको थियो। रात्री बजारमा राखिएका स्टल र बजार लगाइएको आदर्शनगर क्षेत्रका पसलहरु राति २ बजेसम्म खुल्ला गरिएको थियो। यसका साथै पुरानो बसपार्कमा अबेररातिसम्म सांगितिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। 



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.