कर्णालीमा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु

कर्णालीमा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सुरु
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णालीमा १३ औँ राष्ट्रपति रनिङ शिल्ड  छनोट प्रतियोगिता सुरु भएको छ। 

कर्णाली प्रदेश खेलकुद विकास परिषदको आयोजनामा प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित निर्माणाधीन रंगशालामा रनिङ शिल्ड छनोट प्रतियोगिता आइतबारदेखि सुरु भएको हो। 

प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिषामित्र संज्यालको अध्यक्षतामा तथा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, कांग्रेस प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा एमाले प्रदेश संसदीय दलका नेता यमलाल कंडेल लगायतको उपस्थितिमा  प्रतियोगिताको उद्घाटन गरिएको हो। 

उद्घाटनमा कर्णालीको लोक संस्कृति हुड्के नाच, डोरी तान्ने खेल, कराँतेको डेमो लगायतका रोचक प्रस्तुति पनि प्रदर्शन गरिएको थियो। 

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटनमा खेल क्षेत्रका अगुवाहरूले सरकारले खेल क्षेत्रको विकासका लागि उचित लगानी गर्न नसकेको बताएका छन्। 

प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमाल, जिल्ला खेलकुद विकास समिति कालिकोटका अध्यक्ष गणेशबहादुर शाही लगायतका वक्ताहरूले कर्णालीमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि पनि प्रदेशका १० वटै जिल्लामा खेल पूर्वाधार विकास गर्नु पर्ने बताए। 

उनीहरूले प्रदेश सरकार र संघीय सरकारले पनि कर्णालीको खेल क्षेत्रको विकासका लागि ध्यान नदिएको बताए। 
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको खेल क्षेत्रको विकासका लागि कर्णालीमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिता अवसरका रूपमा लिनुपर्ने बताए। 

उनले त्यसका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए। कार्यक्रममा कांग्रेस संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो नेतृत्वको सरकारले बजेटमा खेल क्षेत्रलाई पहिलो प्राथमिकता दिएको बताउँदै अहिलेको सरकारले पनि त्यसलाई निरन्तरता दिनुपर्ने बताए। 

नेकपा एमाले प्रदेश संसदीय दलका नेता यमलाल कंडेलले भाषण गर्ने तर काम नगर्ने राजनीति नेतृत्वकै कारण कर्णालीमा खेल क्षेत्रको विकासले गति नलिएको बताए।

नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेशसभा सदस्य कल्याणी खड्काले मानव जीवनको स्वास्थ्य र समृद्ध राष्ट्रका लागि खेल क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइन्। 

स्वस्थ नागरिक निर्माण र राष्ट्रको गौरव बढाउन खेलाडी र युवाहरूको प्रधान भूमिकालाई विशेष महत्वका साथ हेरिनुपर्ने उनको भनाइ थियो। 

कार्यक्रममा कर्णाली प्रदेशका सदस्य सचिव विश्वामित्र संज्यालले कर्णाली प्रदेश खेलकुद विकास परिषद् गठन भए यता कर्णालीमा खेल विकासको लागि ५ ‘प’ अर्थात प्रतियोगिता, प्रोत्साहन, प्रशिक्षण, पुरस्कार र पूर्वाधारलाई पहिलो प्रथामिकतामा राखेर काम गरेको बताए। 

गनिज बुक अफ वर्ल्ड रेकर्ड्स गरी नेपालको नाम विश्वमा चिनाउने कीर्तिमानी धावक हरिबहादुर रोकायले ओलम्पिक टर्च बालेर मार्च पास गरेका थिए। 

विभिन्न विधामा सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा हुम्लाबाहेक नौ जिल्लाका खेलाडी र प्रशिक्षक गरेर सात सय ८४ भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.