विवादास्पद खेलमा संकटाले टार्यो संकट
काठमाडौं : जुनियर केङ्गेको निर्णायक गोलप्रेरित संकटा क्लबले सहिद स्मारक ए डिभिजन लिगमा आइतबार सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १–० को नतिजामा पराजित गरेको छ।
च्यासल रंगशालामा भएको खेलको २९औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै जुनियरले संकटालाई अग्रता दिलाएका थिए।
एपीएफका डिफेन्डर पेपेले संकटाका आयुष घलानलाई फाउल गरेपछि संकटाले पेनाल्टी पाएको थियो। सोही पेनाल्टीमा जुनियरले गरेको एक मात्र गोल संकटालाई तीन अंक दिलाउन पर्याप्त भयो।
जितसँगै आठ खेलबाट १५ अंक जोडेको संकटा पाँचौं स्थानमा उक्लिएको छ। समान खेलबाट ११ अंक जोडेको एपीएफ छैटौं स्थानमा छ।