सोमबार देशका तीनवटा प्रदेशमा वर्षा हुने
काठमाडौं : सोमबार देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू र बाँकी पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ। साथै उपत्यका लगायत देशका धेरै भूभागहरूमा तुवाँलोको सम्भावना रहेको महाशाखाले जनाएको छ।