प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा भोलि बालकोट जाँदै, टिआरसीका विषयमा छलफल हुने

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा भोलि बालकोट जाँदै, टिआरसीका विषयमा छलफल हुने

काठामडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि (सोमबार) बालकोट जाने भएका छन्। संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा (टिआरसी)लाई छिटो टुंग्याउने विषयमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न उनीहरू बालकोट जान लागेका हुन्। 

यसअघि सभामुख देवराज घिमिरेले तीनै जना शीर्ष नेताहरूबीच यस विषयमा संवाद गराए पनि त्यसलगत्तै बस्न भनिएको बैठक हालसम्म बसेको छैन।

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या आएपछि बैठक बस्न नसकेको स्रोतको भनाइ छ। प्रधानमन्त्री कार्यालयले संसदमा विचाराधीन रहेका संवैधानिक परिषद्सम्बन्धी विधेयक र संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिनसम्बन्धी विधेयकलाई फास्ट ट्रयाकमा टुंग्याउने विषयमा छलफल गर्न सत्तारुढ दलका शीर्ष नेता भोलि ओली निवास जान लागेको पुष्टि गरेको छ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री प्रचण्ड भोलि ९ बजे बालकोट जाने पुष्टि गरे। 'प्रधानमन्त्रीज्यु र कांग्रेस सभापति शेरबहादुरज्यु भोलि बालकोट जाने कार्यक्रम तय भएको छ,' अन्नपूर्णसँग उनले भने। ओलीलाई भेटेर प्रधानमन्त्री प्रचण्ड र देउवाले स्वास्थ्य लाभको कामनासमेत गर्नेछन्। 

यसअघि गत चैत २५ गते सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा तीन नेताहरूबीच यही विषयमा छलफल भएको थियो। सत्तारुढ दलले संवैधानिक परिषदसम्बन्धी विधेयक र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको चालू अधिवेशनबाटै पारित गराउन खोजेको प्रधानमन्त्री प्रचण्डले स्वीकार गरेका थिए।

तर एमाले अध्यक्ष ओलीले संसदीय समितिमा छलफल गराएर मात्रै विधेयक अगाडि बढाउनुपर्ने बताएका थिए। यही अडानका कारण सत्तारुढ दल र प्रमुख प्रतिपक्षीबीच संवाद हुन नसकेको स्रोतको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.