गोविन्द भट्टराईलाई जिताएर मात्र फर्कन्छु : श्रेष्ठ

गोविन्द भट्टराईलाई जिताएर मात्र फर्कन्छु : श्रेष्ठ
सुन्नुहोस्

तनहुँ -१ मा कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट डा.स्वर्णिम वाग्ले चुनावी मैदानमा छन्।

तनहुँ : एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर मात्र फर्कने बताएका छन्। चुनावी प्रचारको लागि आइतबार दमौली आएका सांसद श्रेष्ठले पार्टीले गठबन्धनका उम्मेदवार भट्टराईलाई जिताउन जिम्मेवारी दिएर खटाएकाले तनहुँ आएको बताएका हुन्।

‘म अब चुनावसम्म तनहुँ बस्छु, र त्यसबीचमा तनहुँका धेरै ठाउँमा पुग्छु’सांसद श्रेष्ठले भने,‘गोविन्द जीलाई जिताएर मात्र फर्कन्छु।’

गठबन्धनका उम्मेदवार र अन्य दलका उम्मेदवारलाई श्रेष्ठले घर साङ्लेले र वन साङ्लेको संज्ञा दिँदै भट्टराईले जित्ने दावी गरे। यसअघि २०७४ को निर्वाचनमा श्रेष्ठ सोही क्षेत्रबाट निर्वाचित भएका थिए। तर ०७९ मंसिरको निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेलका लागि उनले यो क्षेत्र छाडेर बाराबाट निर्वाचित भएका थिए।

तनहुँ -१ मा कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट डा.स्वर्णिम वाग्ले चुनावी मैदानमा छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.