हराएका १४ थान मोबाइल जिम्मा लगाइयो
उदयपुर : जिल्ला प्रहरी कार्यालय उदयपुरले व्यक्तिका हराएका १४ थान मोबाइल फेला पारी जिम्मा लगाएको छ।
मोबाइल धनीले विभिन्न मितिमा हराएको भन्दै आईएमईआई नम्बरसहित दिएको निवेदनका आधारमा खोजतलासका क्रममा फेला पारेको हो।
हराएको मोबाइल व्यक्तिले भेटेर चलाएको अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक मोहन थापाले बताए।
निवेदनका आधारमा जिल्ला अदालतबाट अनुमति लिई नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीको समन्वयमा प्रयोग भएको सिमको पूर्ण विवरण लिई फेला पारिएको उनले बताए।