बैतडीमा जोशी हत्या प्रकरण : घटनामा संलग्न भएको आरोपमा दुईजना पक्राउ
बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय वाशुदेव जोशीको हत्यामा संलग्न भनिएका दुईजना पक्राउ परेका छन् । सोही ठाउँका २५ वर्षीय महेन्द्र विष्ट र २८ वर्षीया धनमती भण्डारीलाई प्रक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
दुबै जनामाथि मृतक जोशीका दाई पुष्पराज जोशीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा विष्ट र भण्डारीविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले दुबैलाई पक्राउ गरको हो ।
जोशीको शनिबार राति करिब ८ बजेतिर चक्कु प्रहार गरी हत्या गरिएको अवस्थामा घरनजिकै शव फेला परेको थियो । हत्या अभियुक्त भनिएका बिष्टले चक्कु प्रहार गरी जोशीको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।
जोशीको छाति,पाखुरा र ढाडमा चक्कु प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको छ ।