सिन्धुलीमा वनको डढेलो बस्तीमा पुग्यो : आगो निभाउने क्रममा एकजना घाइते

सिन्धुलीमा वनको डढेलो बस्तीमा पुग्यो :  आगो निभाउने क्रममा एकजना घाइते
आगालागीबाट जलेर नष्ट भएको जुल्फे शार्कीको घरगोठ । तस्बिर : राजन गाउँले

सिन्धुली : सिन्धुलीको सुनकोशी गाउँपालिका -२ अँधेरी पाखामा लागेको डढेलो बस्तीमा सल्किदा स्थानीय जुल्फे शार्कीको घरगोठ जलेर नष्ट भएको छ । उनकी श्रीमती सिता विसंखे घाइते भएकी छन्।

नेकपा माओवादी केन्द्रका स्थानीय नेता उपेन्द्र कोइरालाका अनुसार जंगलमा लागेको आगो शार्कीको घरमा सल्किदा निभाउन खटिएकी सिता जलेर घाइते भएकी हुन् । 

उनको उपाचारका लागि धुलीखेल अस्पताल पठाइएको छ । आगलागीबाट शार्कीको अन्नपात,लत्ताकपडा,भाँडाकुँडा नष्ट हुनुका साथै तीनवटा भैंसी,एउटा बाख्रा जलेर मरेका छन् । 

अँधेरी पाखाको डढेलो नियन्त्रण बाहिर गएको छ । यस्तै सुनकोशी गाउँपालिकामा सातादेखि सल्केको डढेलो नियन्त्रण बाहिर जाँदा स्थानीय त्रसिद बनेका छन् । सुनकोशी गाउँपालिका २ को अँधेरी, साँधिखोला, वडा नम्बर ४ को लक्ष्मी डाँडा जंगलमा आगलागी भइरहेको छ ।

 यस्तै जिल्लाका दुई दर्जनबढी जंगलमा आगलागी भइरहेको बताइएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.