चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ
सुन्नुहोस्

सिन्धुली : सिन्धुली प्रहरीले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको तिनपाटन गाउँपालिका-२ भिमस्थानका ३४ वर्षीय जीवन कुमार तामाङलाई चोरीको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक किशोर ढुंगनाका अनुसार तामाङलाई प्रदेश २–०३–०७ प ४२४८ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिइएको हो।

‘इलाका प्रहरी कार्याल बेलघारीको गस्टी टोलीले तिनपाटन-१ स्थित चन्द्रवती माविको गेटमा राखिएको मोटरसाइकल शंका लागेर सोधपुछ गर्दा चोरीको पाइएपछि नियन्त्रणमा लिइएको हो,’ उनले भने।

पक्राउ परेका तामाङलाई जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको जनाइएको छ। यस्तै प्रहरीले गैरकानुनी रूपमा प्रवेश गरेको एउटा भारतीय नम्बरको स्कारपियो समेत नियन्त्रणमा लिएको छ। 

बर्दिबासबाट सिन्धुलीको खुर्कोट आउँदै गरेको विआर ०६ सिएक्स ६५१९ नम्बरको स्कारपियो गाडीले अनुमति नै नलिई नेपाल प्रवेश गरी काठमाडौं तर्फ जाँदै गरेको पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको ढुंगनाले बताए। 

उक्त गाडीलाई कमलामाई नगरपालिका-६ माझिटारस्थित बिपी राजमार्गबाट नियन्त्रणमा लिइएको हो। उक्त गाडीलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.