मेयर र वडाअध्यक्ष बीच विवाद हुँदा धरान उपमहानगरको बैठक अवरुद्ध

मेयर र वडाअध्यक्ष बीच विवाद हुँदा धरान उपमहानगरको बैठक अवरुद्ध
सुन्नुहोस्

धरान : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई र वडाअध्यक्षहरू बीच विवाद हुँदा कार्यपालिका बैठक अबरुद्ध भएको छ। 

दुई महिनादेखि कार्यपालिका बैठक बस्न नसक्दा उपमहानगरपालिका सञ्चालनमा गम्भीर समस्या भएको छ। 
वडाअध्यक्षहरूसँग भएको विवादका कारण मेयर राईले धरान-१० का वडाअध्यक्ष विवेक राईलाई स्पष्टीकरण सोधेको र मेयरका स्वकीय सचिवले वडाअध्यक्षहरूलाई पत्र काटेर वडाको विवरण माग गरेपछि विवाद सुरु भएको थियो। 

धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्रविक्रम बेघाले ३१ जना कार्यपालिका सदस्यमध्ये मंगलबार चार जना मात्र उपस्थित भएपछि गणपुरक संख्या नपुगेका कारण बैठक बस्न नसकिएको बताए। 

उनले कार्यपालिका बैठक बस्न नसकेका कारण नगर शिक्षा समिति गठन गर्न नसकिएको, नदीजन्य पदार्थ उत्खननको ठेक्का लगाउन नसकिएको, सडक मापदण्ड निर्धारण तथा नामकरण समस्या भएको,  खानेपानी सम्बन्धी अनुमोदन, संघ र प्रदेश सरकारको बजेट फ्रिज हुन लागेको बताए।

वडाअध्यक्षहरूले मेयर राई निरंकुस बनेको र विधि र प्रक्रिया मिचेर जथाभावी गर्न थालेपछि सबै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरू बैठकमा सहभागी नभएको उपमहानगरको प्रवक्ता समेत रहेका धरान-१७ का वडाअध्यक्ष मनोज भट्टाईले बताए। 

उनले मेयर राईले यस अगाडि गरेका गल्ती स्वीकार गरी माफी माग्नुपर्ने र विधि प्रक्रियामा आएर दैनिक काम सञ्चालन गरे मात्र आफूहरू बैठकमा सहभागी हुने बताए।

मंगलवारको बैठकमा मेयर राई, उपमेयर बेघा, १४ नम्बर वडाका अध्यक्ष कृष्ण भट्टराई र प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको मात्र उपस्थित थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.