संस्थागत विद्यालयहरूलाई चर्को शुल्क नअसुल्न निर्देशन

संस्थागत विद्यालयहरूलाई चर्को शुल्क नअसुल्न निर्देशन

भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रमा रहेको संस्थागत विद्यालयहरूलाई चर्को शुल्क नअसुल्न र पसल तोकेर शैक्षिक साम्रगी खरिद गर्नका लागि अभिभावकलाई बाध्य नबनाउन निर्देशन दिएको छ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयहरूले आफूखुशी शैक्षिक शुल्क बढाउने र विद्यालयले तोकेको पसलमा शैक्षिक सामग्री खरिद गर्न अभिभावकलाई बाध्य बनाउने गरेको अभिभावकको गुनासो/उजुरीलाई सम्बोधन गर्दै नगरपालिकाले विद्यालयहरूलाई निर्देशन दिएको हो।

शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ संशोधन सहित र संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ तथा संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ को प्रावधान विपरीत मनोमानी ढंगले चर्को शुल्क असुल्ने र पसल तोकेर शैक्षिक साम्रगी खरिद गर्न बाध्य गराएको गुनासो/उजुरी प्राप्त भएपछि पत्र जारी गरेर निर्देशन दिइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए।

विगतदेखि नै विद्यालयहरूले आफूखुशी शैक्षिक शुल्क बढाउने र कमिसनको लोभमा पसल नै तोकेर अभिभावकहरूलाई पाठ्यपुस्तक, विद्यालय पोसाक, झोला लगायतका शैक्षिक साम्रगी खरिद गर्न बाध्य बनाउँदै आएका छन्।

‘विद्यालयहरूले पसल नै तोकेर अभिभावकलाई शैक्षिक सामग्री त्यहीबाट खरिद गर्न बाध्य बनाउनु ठिक होइन’ शिक्षा समितिका संयोजक समेत रहेका खानले भने, ‘शैक्षिक सामग्रीको विवरण उपलब्ध गराएर अभिभावकहरूलाई चाहेको पसलबाट सामग्री खरिद गर्न दिनुपर्छ, यो अभिभावकको स्वतन्त्रताको विषय हो, यसमा अंकुस लगाउन पाइदैन।’

उनले थपे, ‘विद्यालयहरूले आफूखुशी शैक्षिक शुल्क समेत बढाउने गरेको गुनासो प्राप्त भएको छ र हामीले विद्यालयहरूलाई आफूखुशी शैक्षिक शुल्क वृद्धि नगर्न समेत निर्देशन दिइसकेका छौँ।’

नगरपालिकाबाट जारी गरिएको पत्रमा भनिएको छ ‘यदि कही कतैबाट सो सम्बन्धमा गुनासो आएमा वा अनुगमनका क्रममा निर्देशनको उल्लंघन भए/गरेको पाइएमा ऐन, नियमावली तथा कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाइनेछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.