स्वस्थ रहनलाई खेलकुद अनिवार्य : सभामुख मण्डल

स्वस्थ रहनलाई खेलकुद अनिवार्य : सभामुख मण्डल
सुन्नुहोस्

जनकपुरधाम : मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकाले स्वास्थप्रति ध्यान दिनु अनिवार्य रहेको बताएका छन्।

मंगलबार धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित गोदारमा भएको तेस्रो गोदार गोल्डकप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सभामुख मण्डलले बालबालिकादेखि युवा, प्रौढसम्मलाई खेलकुदप्रति ध्यान दिएमा शरीर वृद्धावस्थासम्म स्वस्थ रहने बताए।

उनले खेलकुदप्रति सरकार गम्भीर रहेकाले यसका लागि सरकारलाई थप बल पुग्ने गरि अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि पहल गर्ने बताए। 

उनले जनकपुरधाममा बनिरहेको अन्तर्राष्ट्रिय रंगशालाले मुलुकभरका युवाहरूलाई खेलप्रति आकर्षण गर्ने बताए। उनले विश्वका कतिपय मुलुक खेलकुदकै कारण आफ्नो परिचय स्थापित गरेकाले यसका लागि पनि खेलकुद रंगशाला आवश्यक रहेको स्पष्ट पारे।

जित हासिल गरेका महाविर स्पोर्ट टिम खजुरीलाई सभामुख मण्डलले धन्यवाद समेत दिएका थिए। प्रतियोगिताको अन्तिम खेलमा पेनाल्टी सुटआउटमा महाविर स्पोर्ट टिम खजुरीले ५/३ को अन्तरले जित हासिल गरेको छ। 

सामुदायिक विकास मञ्च गोदारलाई पराजित गरेका थिए। यस खेलमा १० वटा खेल टिमको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.