गलत रिपोर्टिङ गरेकोले फक्स न्यूजले तिर्यो ७८.७५ करोड डलर जरिवाना

गलत रिपोर्टिङ गरेकोले फक्स न्यूजले तिर्यो ७८.७५ करोड डलर जरिवाना
तस्बिर : बीबीसी।
सुन्नुहोस्

यस विषयमा दुवै पक्षबीच सहमति भएको छ । अन्तिम सम्झौता अनुसार फक्स न्यूज नेटवर्कले डोमिनियनलाई ७८.७५ करोड डलर तिर्यो।

वासिङटन डिसी : फक्स न्यूजले २०२० को अमेरिकी राष्ट्रपति चुनावको बारेमा रिपोर्टिङ गरेकोमा भोटिङ मेसिन कम्पनी डोमिनियनसँग चलिरहेको मानहानि मुद्दा सुल्झाएको छ।

यस विषयमा दुवै पक्षबीच सहमति भएको छ । अन्तिम सम्झौता अनुसार फक्स न्यूज नेटवर्कले डोमिनियनलाई ७८.७५ करोड डलर तिर्यो।

च्यानलले आफ्नो रिपोर्टमा डोनाल्ड ट्रम्पविरूद्ध मतदानमा धाँधली भएको दाबी गरेको डोमिनियनको तर्क थियो । यसले कम्पनीलाई व्यापार घाटामा पुर्‍यायो।

यो सम्झौता पछि, फक्स समूहका कार्यकारी रूपर्ट माडोक अदालतमा उपस्थित हुनबाट जोगिए।

यस मामलामा गरिएको सम्झौतालाई न्यायाधीशको सहमति आवश्यक हुँदैन।

एक विज्ञप्तिमा फक्स न्यूजले  हालको अमेरिकी इतिहासमा सबैभन्दा अपेक्षित मानहानि मुद्दाहरू मध्ये एक यो मुद्दा भएको बताएको छ। मंगलबार भएको सम्झौताले  पत्रकारिताको उच्च मापदण्डप्रतिको प्रतिबद्धता झल्किएको जनाइएको छ।

डोमिनियनका सीईओ जोन पाउलोसले एक पत्रकार सम्मेलनमा फक्स न्यूजले सम्झौतामा आफूले झूटो बोलेको, जसले कम्पनीलाई ठूलो नोक्सान पुर्याएको स्वीकार गरेको बताए।

डोमिनियनका वकिल जस्टिन नेल्सनले भने 'सत्य महत्त्वपूर्ण हुन्छ। दुई वर्ष पहिले झूट र मनगढन्ते कथाहरूले अमेरिकाभर निर्वाचन अधिकारी र डोमिनियालाई त्यस्तो संसारमा पुर्‍यायो जहाँ मानिसहरूले एक प्रकारको 'षड्यन्त्र सिद्धान्त' सिर्जना गरिरहेका थिए।' बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.