वेवारिसे अवस्थामा सालको काठ बरामद

वेवारिसे अवस्थामा सालको काठ बरामद
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

उदयपुर  : उदयपुरको चौदण्दीगढी नगरपालिका- ९ हडियामा वेवारिसे काठ बरामद भएको छ । स्थानीय देवीस्थान सामुदायिक वन क्षेत्रभित्र करिब एक सय क्यूफिट सालको काठ बरामद भएको हो ।

साजबोटे–डुङ्गा हुँदै लाल्भित्ते जोड्ने सडकको सीमा क्षेत्रमा हरियो रुख ढालेर चिरान गर्न लागेको अवस्थामा काठ बरामद भएको डिभिजनल वनअधिकृत डाक्टर इन्द्रप्रसाद सापकोटाले बताए । विनाअनुमति हरिया रुख कटान गरेर छोडेको भन्ने खबर पाएलगत्तै डिभिजन वन कार्यालय गाईघाटबाट गएको टोलीले काठ बरामद गरेको उनले बताए ।

सापकोटाले भने,‘अनुसन्धान सुरु गरेका छौं। रुख कटानमा संलग्न जो भएपनि वन पैदावार हानी नोक्सानी गरेको अभियोगमा कारबाही गर्छौं । रातको समयमा स्थानीयको मिलेमत्तोमा ठाडो रुख ढालेर छोडेको हुनसक्ने सव डिभिजन वन कार्यालय हडियाका सहायक वन अधिकृत बिरेन्द्र यादवले बताए । 

यादवका अनुसार उक्त रुखले सडक विस्तारका क्रममा अवरोध पुर्‍याएकाले स्थानीयले ढालेको हुनसक्छ । रुख कटानका लागि मन्त्रिपरिषदकै निर्णय चाहिने भएपछि स्थानीयले सडक विस्तारको अवरोध खोल्न सकेका थिएनन् । 

कोसी प्रदेश सरकारले उक्त सडक कालोपत्रे गर्ने गरी बजेट विनियोजन गरेकाले रुखको अवरोध खोल्न स्थानीयको मिलेमत्तोमा काटिएको हुनसक्ने यादवले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.