कक्षा ८ को परीक्षा : धनगढीमा १८ सरकारी स्कुलको नतिजा शून्य, बोर्डिङ पनि नील

कक्षा ८ को परीक्षा : धनगढीमा १८ सरकारी स्कुलको नतिजा शून्य, बोर्डिङ पनि नील
फाइल तस्बिर।

धनगढी : धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को बोर्ड परीक्षामा सरकारी विद्यालयको नतिजा एकदमै निरासाजनक आएको छ । परीक्षा दिएकामध्ये ९ प्रतिशत मात्रै उत्तीर्ण भएपछि नगरक्षेत्रमा हल्लिखल्ली मच्चिएको छ । धनगढी सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका हो । 

सरकारी विद्यालयको नतिजा ९ प्रतिशत र बोर्डिङको नतिजा ६० प्रतिशत आएको हो । धनगढी उपमहानगरपालिकाले दिएको तथ्यांकअनुसार उपमहानगरभित्रका सरकारी र संस्थागत गरी ११३ विद्यालय छन् । ती मध्ये १०६ विद्यालयका विद्यार्थी कक्षा ८ को परीक्षामा सहभागी जनाएका थिए।

सामुदायिक (सरकारी) तर्फ २५ सय २८ विद्यार्थीले परीक्षा दिएकोमा २३२ जना मात्रै उत्तीर्ण भएका छन् । ‘सरकारीको यो नतिजा ९ प्रतिशत हो,यो अवस्था चिन्ताजनक हो,'उपमहानगरको शिक्षा ईकाईका विद्यालय निरीक्षक अकबर चन्दले भने । 

‘यसपाली उपमहानगरले होमसेन्टर हटाएको थियो,उत्तरपुस्तिकाको जाँच पनि नगरपालिकाले विषयगत शिक्षकमार्फत् एकै ठाउँमा गराएको थियो,'सामुदायिकतर्फ १७ स्कुलको नतिजा शून्य आएको छ । ती विद्यालयबाट परीक्षा दिएका विद्यार्थीहरू सबैजना कक्षा ९ मा पढन अयोग्य भएका शिक्षा ईकाईले जनाएको छ ।

महंगो शुल्क लिएर पढाइरहेका संस्थागत (बोर्डिङ) विद्यालयको नतिजा पनि निरासाजनक आएको छ । संस्थागततर्फ २१ सय १० जनाले कक्षा ८ को परीक्षा दिएकोमा १२ सय ७१ अथवा ६० प्रतिशत मात्रै विद्यार्थी पास भएका छन् ।

‘अहिले पास फेल भन्न पाइदैन,कक्षा ९ मा पढनयोग्य नभएका भन्ने गरेका छौं,यो भनेको फेल नै हो,' विद्यालय निरीक्षक चन्दले भने । संस्थागत विद्यालयको नतिजा पनि शून्य आएको छ । धनगढी बजारमै रहेको मोडर्न ईंगलिस बोर्डिङ स्कुलको नतिजा शून्य आएको हो ।

आधारभूत तहको परीक्षा स्थानीय निकायले गर्न पाउने प्रावधान छ । अधिकांश स्थानीय तहले विद्यालयलाई नै परीक्षा गर्न दिने,उत्तरपुस्तिका जाँच गर्न दिने र अंक पनि चढाउन दिने गर्दै आएका छन् । धनगढी उपमहानगरमा पनि पछिल्ला वर्षमा यस्तै हुँदै आएको थियो । तर, यसपाली भने उपमहानगरले परीक्षा र मुल्यांकन आफ्नै निगरानीमा गराएको हो ।

‘स्थानीय तहमा शिक्षाको गुणस्तर कत्तिको राम्रो छ ? शिक्षाको गुणस्तरमा  परिवर्तन ल्याउनका लागि भनेर यसपाली परिक्षा पनि फरकफरक केन्द्रमा गरियो, उत्तरपुस्तीका जाँच एकै ठाउँमा गरियो, यसले नगरको शिक्षाको गुणस्तर के रहेछ  ? भन्ने कुराको ‘क्लियर पिक्चर’ दियो’ मेयर गोपाल हमालले भने , ‘अब नगरको शिक्षामा सुधारका लागि योजना बनाउने काम गरिन्छ ।’

उपमहानगरले यो वर्षभन्दा अघि होमसेन्टरमै परीक्षा गथ्र्यो । परीक्षा आफ्नै स्कुलमा हुन्थे,परीक्षक आफ्नै स्कुलका शिक्षक हुन्थे,उनीहरू नै उत्तरपुस्तिका जाँच गर्थे र रिजल्ट बनाउँथे । अनी सबैजना पास हुन्थे । तर यसपाली उपमहानगरले शिक्षाको गुणस्तर सुधारका लागि आफैले परीक्षा लिएको र आफैले विषयविज्ञ राखेर उत्तरपुस्तिका जाँच गराएको हो ।

उपमहानगरपालिकाले आफै परीक्षा लिएपछि र मुल्यांकन गरेपछि धेरै नीजि विद्यालय आफ्नो व्यापार कम हुने चिन्तामा छन् । प्याब्सन, एन प्याब्सन, शिक्षकका पेशागत संघ संगठन, युनियनका पदाधिकारीले नगर प्रमुखलाई ज्ञापन बुझाउँदै फेल भएका विद्यार्थीका लागि पुर्नपरीक्षाको माग गरेका छन् । तर नगरप्रमुख कानुनी प्रावधान बाहेक केही पनि नगर्ने मुडमा छन् ।

कानुनमा दुई विषयमा ग्रेड वृद्धि गर्न पाउने प्रावधान छ । त्यो बाहेक केही पनि नगर्ने मुडमा मेयर हमाल छन् । उनले भने,'उनीहरुले कानुन विपरित गरेको कुनै माग पूरा हुँदैन ।’ 

मेयर हमालले नगरको शिक्षा प्रणालीमा परिवर्तनका लागि यस्तो गरिएको बताए ।  ‘अहिले झट्ट हेर्दा कक्षा ८ मा रोकिएका विद्यार्थी र उनका अभिभावकलाई नराम्रो लाग्नु स्वभाविकै हो तर हामीले ती बालबालिकाको भविष्यका लागि यसपाली निस्पक्ष मुल्यांकन गरेका हौं । अब नील भएका र नराम्रो नतिजा आएका विद्यालयप्रति अभिभावकको पनि चासो बढ्छ,नगर शिक्षा समितिले पनि नील नतिजा आएका विद्यालयका प्रधानाध्यापक र विषयगत शिक्षकसँग छलफल गर्छ । यसले नि आगामी वर्षमा राम्रो नतिजा आउन सक्छ,' मेयर हमालले भने ।

नतिजा शून्य आएको संस्थागत विद्यालय

१) मोडर्न बोर्डिङ स्कुल,बोराडाँडी

 सरकारी विद्यालय

१) शरस्वती आधारभूत विद्यालय, शान्ति नगर
२) नवज्योती आधारभूत विद्यालय, श्रीलंका
३) जनता राष्ट्रिय मावि, राजपुर
४) भैरवबाबा आधारभूत विद्यालय मटीयारी
५) शिव मावि, देबहरिया
६) सरस्वती मावि मावि, बंगरा
७) भानु मावि, पथरी
८) सज्जन मावि, दमैलिया
९) दिपेन्द्र चारपाते मावि, भादा
१०  शिवशंकर आधारभूत विद्यालय, फुलबारी
११) शिद्धार्थ आधारभूत विद्यालय, एच गाउँ
१२) खप्तडी आधारभूत विद्यालय, एफ गाउँ
१३) ईन्द्रोदय मावि, ई गाउँ
१४) फुलबारी आधारभूत विद्यालय, फुलबारी
१५) नवदुर्गा आधारभूत विद्यालय, जनकबस्ती
१६) दुर्गा मावि, दुार्गाबस्ती
१७) जनकल्याण मावि, जुगेडा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.