यमनमा रमजानका लागि रकम बाड्दै गरेको ठाउँमा भागदौड, ७८ जनाको मृत्यु

यमनमा रमजानका लागि रकम बाड्दै गरेको ठाउँमा भागदौड, ७८ जनाको मृत्यु
सुन्नुहोस्

सहरको बाब-अल-यमन क्षेत्रमा भएको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा मानिसहरू आतंकित भएर भागिरहेको देखिन्छ।

साना : यमनको राजधानी सानास्थित एउटा विद्यालयमा रमजानका लागि रमक/दान वितरण भइरहेको थियो । सोही समयमा भागदौड मच्चिंदा ७८ जनाको मृत्यु भएको बीबीसी समाचारमा उल्लख छ।

सहरको बाब-अल-यमन क्षेत्रमा भएको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियोमा मानिसहरू आतंकित भएर भागिरहेको देखिन्छ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार सयौं मानिस विद्यालयमा चन्दा लिन भेला भएका थिए । यहाँ प्रतिव्यक्ति करिब ९ डलर (करिब ७ सय ४० रुपैयाँ) रकम दिइँदै थियो ।

रकम वितरण गर्नेलाई हिरासतमा लिई अनुसन्धान भइरहेको छ यमनका गृहमन्त्रीले जानकारी दिएका समाचार बीबीसीमा छ। 

सन् २०१५ मा देशको सरकार अपदस्थ भएदेखि नै यो सहर हुथी विद्रोहीको नियन्त्रणमा छ। यमनमा सन् २०१५ देखि युद्ध चलिरहेको छ । सो वर्ष हुथी विद्रोहीले सरकारलाई धपाएर देशको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएका थिए । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.