कर्णाली सरकारले पूर्णता पायो, कांग्रेसका ३ मन्त्रीले लिए शपथ
वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारले बिहीबार पूर्णता पाएको छ। प्रदेश सरकारमा नवनियुक्त नेपाली कांग्रेसका तीन मन्त्रीले शपथ लिएपछि प्रदेश सरकारले पूर्णता पाएको हो।
मन्त्रीहरू वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बिसीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराए।
नवनियुक्त मन्त्रीमध्ये सिंहलाई आर्थिक मामिला तथा योजना, पोखरेललाई सामाजिक विकास मन्त्रालय र बिसीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई टुक्रयाएर ऊर्जा छुट्टै बनाएको थियो।
यसअघि एमाले-माओवादीको गठबन्धनमा ऊर्जालाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभिएको थियो।
प्रतिक्रिया दिनुहोस !
१