यो म्यादी सरकार हो, केही दिनमै ढल्छ : केपी ओली

यो म्यादी सरकार हो, केही दिनमै ढल्छ : केपी ओली
सुन्नुहोस्

सिमरा : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई म्यादीको संज्ञा दिँदै केही दिनमै ढल्ने दाबी गरेका छन्। 

बाराको पचरौतामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सरकार केही दिनको पाहुना रहेको भन्दै छिट्टै ढल्ने र सरकार ढाल्न एमालेले हात लगाउन नपर्ने बताए। 

‘यो सरकार म्यादी सरकार हो। आपसी कारणले आफैं ढल्छ,' ओलीले भने, 'तर जति दिन टिक्छ त्यति नै महँगो पर्न जान्छ।' उनले वर्तमान सरकारलाई खञ्चुवा सरकार रहेको बताए। खञ्चुवा सरकार भएका कारण देश र जनताले थेक्न नसक्ने ओलीको भनाइ थियो। 

वर्तमान सरकारले वृद्धभत्ता कटौति गर्न खोजेको आरोप लगाउँदै ओलीले देशका लागि एमालेको सरकार आवश्यक रहेको बताए। एमालेको सरकारले अघि सारेको अधिकांश योजना प्रचण्ड नेतृत्वको सरकारले कटौति गरिरहेको भन्दै ओलीले देश र जनताका लागि एमालेको सरकार आवश्यक रहेको बताए। 

बारा क्षेत्र नं. २ को चुनावी सभालाई ओलीसहित एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल, केन्द्रीय सचिव रघुवीर महासेठ, पोलिटव्युरो सदस्य अच्युत मैनाली, ज्वाला साहलगायतले सम्बोधन गरेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.