नेताको नाम लिँदै करोडौं ठगी

नेताको नाम लिँदै करोडौं ठगी
सुन्नुहोस्

सरकारी कोटामा अमेरिका पठाइदिने भन्दै खड्काले ३ करोड ५६ लाख ८ हजार ठगी गरेका थिए। उनलाई प्रहरीले रौतहट चपुरबाट पक्राउ गरेको हो।

काठमाडौं : भक्तपुरका रैथाने हुन् उज्वल खड्का। ४४ वर्षीय खड्काको देखिने व्यवसाय केही छैन। न त कुनै स्थायी जागिर नै छ। र, पनि लोकन्थलीमा ४ तले घर छ। विभिन्न ठाउँमा जग्गाजमिन खरिद गरेका छन्। प्रहरी भन्छ, ‘अप्ठ्यारोमा परेकाहरूलाई विदेश पठाइदिन्छु भन्दै ठगी गरेर उनले सम्पत्ति जोडेका हुन्।’

प्रहरीका अनुसार ‘उच्चस्तरका नेतासँग राम्रो सम्बन्ध छ। उहाँहरूसँगको सहकार्यमा सजिलै विदेश जान सकिन्छ’ भन्दै उनले सर्वसाधारणलाई प्रलोभनमा पार्थे। 

सरकारी कोटामा अमेरिका पठाइदिने भन्दै खड्काले ३ करोड ५६ लाख ८ हजार ठगी गरेका थिए। उनलाई प्रहरीले रौतहट चपुरबाट पक्राउ गरेको हो। 

अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत रवीन्द्र पुरीका अनुसार खड्कासँग विदेश पठाउने कुनै मेनपावर पनि छैन। न त कुनै कम्पनी। तर, पनि सरकारी कर्मचारी र नेताहरूको नाम लिँदै पीडितहरूलाई ठगी गर्ने गर्थे।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा पूर्वप्रधानमन्त्रीकोे टोलीसँगै अमेरिका जाने हो भनेर खड्काले च्यानल मिलाउन पर्छ भन्दै पीडितसँग रकम माग्ने गर्थे। कुनै कागजपत्र पनि नचाहिने, सीप पनि सिक्न नपर्ने र अन्तभन्दा कम रकममा नै विदेश जान पाउने प्रलोभन पाएपछि पीडितहरूले सजिलै रकम बुझाएको खुलेको छ। 

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरका अनुसार खड्काविरुद्ध २० जनाको उजुरी परेको छ। पीडितहरूलाई खड्काले परराष्ट मन्त्रालयमा काम गर्ने उच्चस्तरीय कर्मचारीको नाम लिँदै विश्वासमा पार्ने गरेका थिए। कोहीलाई अमेरिका पठाउने भन्दै, केहीलाई जापान तथा बेलायत र जर्मनीजस्ता आर्कषक देशहरूमा पठाउने र महिनाको ४ लाखसम्म कमाई हुन्छ भन्दै ठगी गर्ने गरेको खुलेको छ। 

खड्काले आफ्ना भान्जा पवन राणासँग मिलेर ठगी गरेको पनि खुलको छ। राणालाई पनि केही दिनअघि प्रहरीले बूढानीलकण्ठबाट पक्राउ परेको छ। उनीविरुद्ध १ करोड बढी ठगी गरेको उजुरी प्रहरीमा छ। उनीहरूले जर्मन, बेलायत, जापान र अमेरिका जान प्रतिव्यक्ति ३० लाख लाग्छ र कोरिया जान ४ लाख लाग्छ भन्दै पीडितहरूबाट पैसा उठाउने गर्थे। पक्राउ परेका खड्काबाट विभिन्न देशको नक्कली भिसासमेत बरामद गरिएको राठौरले बताए। उनको साथबाट कोरिया पठाउन भन्दै तयारी गरिएको नामलिस्ट पनि बरामद गरिएको छ। 

पीडितहरूबाट पैसा उठाएको २ वर्ष पुगिसक्दा पनि खड्काले विदेश नपठाएको र फरार भएको भन्दै उनीहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। वैदेशिक रोजगार विभागको पत्राचार अनुसार अपराध अनुसन्धानले उनलाई पक्राउ गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.