उपनिर्वाचन : बाराका सीमानाका तीन दिन बन्द
बारा : यही बैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखी आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरी आज राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्मका लागि जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको छ । उपनिर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गर्न लागिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बतए।
यस्तै मतदानकार्य सम्पन्न नभएसम्म जिल्लाभरि मादक पदार्थ ओसारपसार,बिक्री–वितरण र सेवनमा रोक लगाइएको छ ।
बारा क्षेत्र नं २ भित्र पर्ने हुलाकी राजमार्गलगायत सम्पूर्ण राजमार्गमा बैशाख ९ गते राति १२ बजेदेखि बैशाख १० गते साँझ ७ बजेसम्मका लागि अत्यावश्यकबाहेक सम्पूर्ण आवागमन बन्द गरिएको प्रजिअ सापकोटाले जानकारी दिए।