रुसी लडाकु विमानले आफ्नै सहरमा बम खसाल्यो

रुसी लडाकु विमानले आफ्नै सहरमा बम खसाल्यो
तस्बिर : बीबीसी।
सुन्नुहोस्

मस्को : मस्कोस्थित रक्षा मन्त्रालयले रुसी लडाकु विमानले दुर्घटनावश युक्रेनसँगको सीमा नजिकै बियेलग्रटमा बम खसालेको जनाएको छ। क्षेत्रीय गभर्नर भ्याचेस्लाभ ग्ल्याडकोभले उक्त विस्फोटनले शहरको केन्द्रमा ६० फिट गहिरो खाडल बनाएको बताए।

उनका अनुसार घटनामा दुई जना महिला घाइते भएका छन् भने कैयौँ भवनहरूमा क्षति पुगेको छ। एउटा एसयू-३४ बम खसाल्न सक्ने लडाकु विमानले दुर्घटनावश विस्फोटक पदार्थ खसालेको भनिएको छ। कुन खालको अस्त्र खसेको भन्नेबारे  खुलाएको छैन।

स्थानीय समय अनुसार राति १०:१५ मा उक्त घटना भएको रुसी समाचार संस्थाले जनाएका छन्। त्यसबारे अनुसन्धान भइरहेको छ।

बियेलग्रट युक्रेनी सीमाभन्दा २५ माइल वर छ । त्यहाँ लगभग साढे ३ लाख मानिसहरूको बसोबास छ। उक्त नगरका मेयरले विस्फोटपछि प्रभावितका घरको भ्रमण गरेका थिए। 

उक्त स्थान युक्रेनको दोस्रो ठूलो सहर खार्किभको उत्तरमा पर्छ। अघिल्लो वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँका मानिसहरूमा युक्रेनी गोलाबारीमा परिने भय व्याप्त छ।

युक्रेनतर्फ जाने क्रममा रुसी जेट पनि नियमित रूपमा त्यहाँको आकाशमा उड्ने गर्छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.