नगरप्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको माग

नगरप्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको माग
सुन्नुहोस्

महोत्तरी : गौशाला नगरपालिकाले नगरप्रहरीलाई हातपात गर्नेलाई कानुन अनुसारको कारबाहीको माग गरेको छ। 

नगरपालिकाले शुक्रबार इलाका प्रहरी कार्यालय गौशालाले सो कार्यमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनअनुसारको कारबाहीका लागि माग गरेको हो।

प्रदेश नं. २–०३–००१ क ०४३८ नम्बरको टिप्पर चालक गौशाला नगरपालिका-१० का कृष्णा महतोले ड्युटीमा खटिएका नगरप्रहरी जवानपान बहादुर लामालाई कुटपिट गरेका थिए। 

गौशाला नगरपालिका बस्ने प्रमोद महतोले नगरप्रहरी प्रमुख टेकबहादुर लामालाई गालीगलौज गरी हातपात गर्दै ज्यान मार्ने धम्की दिएकाले कानुनअनुसार कारवाहीका लागि प्रहरीसमक्ष माग गरिएको छ। 

प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर केसीका अनुसार ड्युटीमा खटिएको नगरप्रहरीमाथि हातपात गर्नेलाई तत्काल कारबाही गर्नका लागि माग गरिएको छ। 

प्रशासकीय अधिकृत केसीले भने, ‘असुरक्षा महसुस गर्दै कर्मचारीहरुले आज नगरपालिकामा कार्यरत कर्मचारीहरूले कामकाज ठप्प पारेका छन्। जसले गर्दा नगरपालिका लगायत यहाँका १२ वटै वडाका सेवाग्राहीहरू मर्कामा परेका छन्। अनावश्यक रूपमा विवाद सिर्जना गरेर कर्मचारीहरूको मनोबल घटाउने कार्य भएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.