बसपार्क निर्माणमा गम्भीर लापरबाही, रड विना नै ढलान

बसपार्क निर्माणमा गम्भीर लापरबाही, रड विना नै ढलान

सोलुखुम्ब : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-४ फाप्लु नयाँ बस्तीमा निर्माणाधीन बसपार्क निर्माण कार्यमा ठेकेदार कम्पनीले गम्भीर लापरबाही गरेको पाइएको छ। 

सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको ७९ लाखको लागतमा निर्माण भइरहेको उक्त आयोजनामा ठेकेदार कम्पनी यति निर्माण सेवाले गुणस्तरहीन काम गरेको पाइएको हो। 

बसपर्कको ढलानमा कम्पनीले प्राविधिक स्टमेटभन्दा बाहिर गएर कतिपय ठाउँमा रड विना नै ढलान गरेको पाइएको छ। रड बिच्छ्याइएको ठाउँमा समेत ८/१० एमएमको रड प्रयोग गर्नुपर्नेमा ८/८ एमएमको रड प्रयोग गरेको भेटिएको छ। 

निर्माण कम्पनीले रातारात गुणस्तरहीन काम गरेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्। कम्पनीले नागरिकको आँखामा छारो हाल्नकै लागि राति ८ बजेपछि ढलानको काम सुरु गरेर गुणस्तरहीन काम गरेको फाप्लु टोल सुधार समितिका अध्यक्ष दोर्जी तामाङले बताए। 

ठेकेदारका कम्पनीले मुख्य सडकबाट बसपार्क सम्म पुग्ने बाटो र बसपर्क ढलानको जिम्मा पाएको थियो। उक्त त्रुटिका विषयमा निर्माण कम्पनीका प्रतिनिधि दिल कुमार बस्नेतले जवाफ दिन चाहेनन् भने अर्का प्रतिनिधि दावा शेर्पासँग फोन सम्पर्क हुन सकेन। 

सोलुदुधकुण्ड नगरपालिकाका मेयर जाम्गेल जाङ्बु शेर्पाले उक्त ढलान भत्काइएकाले आगामी आइतबार मात्रै प्राविधिकसहितको उपस्थितिमा ढलान गरिने बताए। 

नगरपालिकाभित्र भएका कार्यमा गुणस्तहीन काम हुन नदिने भन्दै मेयर शेर्पाले त्यसका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए। 

निर्माण क्षेत्रमा खटिएका सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर सुदिप दाहालले उक्त कार्यमा नियतबस नै त्रुटी गरेको पाइएको बताए। 

इन्जिनियर दाहालले कतिपय ढलानमा रड प्रयोग नगरेको र प्रयोग भएको रड समेत प्राविधिक डिजाइन भन्दा कम परिणामको रहेको पाइएकाले ढलान नै भत्काएर पुनः ढलान गर्न लगाइएको उनले बताए। 

सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका प्रमुख डा. युवराज पौडेलले आइतबार आफू नै कार्यक्षेत्रमा आएर थप प्रकृया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। 

सोलुदुधकुण्ड नगरपालिका-४ का वडाध्यक्ष युवास तामाङले ठेकेदार कम्पनीले आँखामा छारो हालेर कमसल काम गरेकाले यसको वडाले समेत गम्भीर निगरानी गर्ने बताएका छन्। 

निर्माण कार्यमा सहयोग समन्वय गर्न आफू तयार रहेपनि गुणस्तरको सवालमा कुनै सम्झौता नहुने वडाध्यक्ष तामाङले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.