शुक्लागण्डकीमा युवकको हत्या, एक जना पक्राउ

शुक्लागण्डकीमा युवकको हत्या, एक जना पक्राउ
सुन्नुहोस्

दुलेगौँडा : तनहुँ शुक्लागण्डकी–७, शान्तिनगरस्थित खैरेनीटार भिमाद सडकको नालीमा युवकको शव फेला परेको छ।

दोभानको उकालो नजिकै एक्लेवरमा बिहानपौने ६  बजे बेवारिसे अवस्थामा स्थानीय ३८ वर्षीय सुरेन्द्र विकको शव फेला परेको प्रहरीले जनाएको छ। 

मकै गोड्ने मेला जाने क्रममा एक महिलाले नालामा बेवारिसे अवस्थामा मान्छे लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृत समेतको अनुसन्धान टोलीले प्रारम्भिक रूपमा अनुसन्धान गर्दा विकको टाउकोमा कडा वस्तुले प्रहार गरेर हत्या गरी नालीमा फालेको देखिएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए। 

उनका अनुसार घट्नामा संलग्न भएको आशंकामा स्याङ्जा हरिनास गाउँपालिका-४ गृह्रकोट स्थायी घर भई शुक्लागण्डकी-७, शान्तिनगरमा डेरा गरी बस्ने वर्ष ५७ का देवबहादुर चन्दलाई पक्राउ गरी उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।                

स्थानीयका अनुसार विकसहितको ५ जनाको टोली राति रक्सी खाएर बसेका थिए। रक्सीले मातेपछि आपसमा विवाद हुँदा घटना भएको हुन सक्ने आशंका गरेका छन्। विकलाई मकै बारीबाट लछारपछार गरी घिसार्दै नालामा फालेको देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.