एयर इन्डियाका पाइलटमाथि महिला साथीलाई ककपिटमा बसाएको आरोप

एयर इन्डियाका पाइलटमाथि महिला साथीलाई ककपिटमा बसाएको आरोप
फाइल तस्बिर।
सुन्नुहोस्

समाचार एजेन्सी पीटीआईले एक अधिकारीलाई उद्धृत गर्दै यो कुरा २७ फेब्रुअरीको भएको उल्लेख गरेको छ।

नयाँ दिल्ली : एयर इन्डियाका एक पाइलटमाथि आफ्नी महिला साथीलाई विमानको ककपिटमा लगेको आरोप लागेको छ । यस सम्बन्धमा, भारतको उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले यी आरोपहरूको छानबिन गरिरहेको जनाएको छ।

समाचार एजेन्सी पीटीआईले एक अधिकारीलाई उद्धृत गर्दै यो कुरा २७ फेब्रुअरीको भएको उल्लेख गरेको छ। 
 

रिपोर्टका अनुसार दुबईबाट दिल्लीको उडानका क्रममा एयर इन्डियाको फ्लाइट कमाण्डरले  आफ्नी महिला साथीलाई इकोनोमी क्लासबाट बोलाएर ककपिटमा बसाएका थिए ।

यो मुद्दा तब चर्चामा आयो जब पाइलट, सह-पाइलट, केबिन क्रू सदस्य र महिला शुक्रबार सुनुवाईको लागि डीजीसीए मा उपस्थित भए।

यसअघि ३ मार्चमा केबिन क्रुका एक सदस्यले एयर इन्डियाका सीईओ र उडान सुरक्षालाई यो विषयमा पहिलो पटक लिखित उजुरी गरेका थिए। त्यसपछि यो मुद्दा डीजीसीएमा पठाइयो।

केबिन क्रू का एक सदस्यले फ्लाइट कमाण्डरलाई त्यसो नगर्न भन्दा उनले चालक दलका सदस्यलाई गाली गरेका थिए।

केबिन क्रू सदस्य पाइलटको आक्रामक व्यवहारले आफू छक्क परेको बताएकी छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.