सुडानमा द्वन्द्व चर्कियो, राष्ट्रसंघका कर्मचारीसहित ४१३ को मृत्यु

सुडानमा द्वन्द्व चर्कियो, राष्ट्रसंघका कर्मचारीसहित ४१३ को मृत्यु
सुन्नुहोस्

जेनेभा (एएफपी) : दक्षिण सुडानमा भएको भिडन्तमा एक संयुक्त राष्ट्रसंघीय आप्रवासन निकायका कर्मचारीसहित ४ सय १३ जनाको पनि मृत्यु भएको छ। यस्तै पूर्वी सुडानको उत्तरी डार्फर क्षेत्रमा विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) का तीन कर्मचारीको पनि हत्या भएको अन्तर्र्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

आईओएमका महानिर्देशक एन्टोनियो भिटोरिनोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एल ओबेदको दक्षिणमा आफ्नो परिवारसँग यात्रा गरिरहेको एक गाडी दुई द्वन्द्वरत पक्षबीच भएको भिडन्तमा फसेपछि आईओएम सुडानका एक समर्पित कर्मचारीको शुक्रबार बिहान मृत्यु भएको पुष्टि गरिएको छ।’ 

‘म हाम्रा मानवतावादी सहकर्मीको मृत्युको खबरले निकै दुःखी भएको छु। उहाँकी पत्नी, नवजात शिशु र सुडानमा कार्यरत हाम्रो टोली शोकमा डुबेको छु,’ महानिर्देशक भिटोरिनोले भनेका छन्। आईओएमका प्रवक्ताले एएफपीलाई दिएको जानकारीअनुसार ती व्यक्ति ४९ वर्षीय सुडानी नागरिक थिए र उनी निजी गाडीमा सवार थिए।

भिटोरिनोले कर्मचारीको सुरक्षा आफ्नो उच्च प्राथमिकता भएको र संयुक्त राष्ट्रसंघका अन्य निकायसँग मिलेर उनीहरूको सुरक्षा प्रतिक्रिया अध्यावधिक गर्ने बताए। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत शुक्रबार दिएको जानकारीअनुसार शनिबारदेखि सुरु भएको झडपमा ४ सय १३ जनाको मृत्यु भएको छ भने तीन हजार ५ सय ५१ जना घाइते भएका छन्।

सुडानका सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र उनका सहयोगी मोहम्मद हमदान डग्लोबीच शक्तिशाली अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) का कमान्डर मोहम्मद हमदान डग्लोबीच झडप भएको हो। भिटोरिनोले भने, ‘शनिबार नर्थ डार्फरमा डब्लूएफपीका तीन जना कर्मचारीको ज्यान जाने गरी भएको मानवीय सहायतासहित सर्वसाधारणको मूर्खतापूर्ण मृत्युअन्त्य हुनुपर्छ र शान्तिबहाली गरिनुपर्छ।’
भिटोरिनोले सुडानभित्र अनुमानित ३७ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएको र हिंसाको पछिल्लो प्रकोप सुरु हुनुअघि १ करोड ५८ लाख मानिसलाई मानवीय सहायताको खाँचो रहेको उल्लेख गरेका छन्। 

भारत सुडानबाट आफ्ना नागरिक फिर्ता गर्दै

भारत सरकारले द्वन्द्वग्रस्त सुडानमा रहेका भारतीयहरूको सुरक्षा र उनीहरूलाई बाहिर निकाल्ने वातावरण सुनिश्चित गर्न पहल थालेको छ। यसका लागि विभिन्न राष्ट्रहरू र संयुक्त राष्ट्रसंघका एजेन्सीहरूसँग सम्पर्कमा रहेको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बताए।

प्रवक्ताले हाल सुडानमा रहेका भारतीयहरूको कति छन् भन्नेबारे स्पष्ट भने पारेका छैनन्। ‘खार्तुममा हाम्रो मिसन औपचारिक र अनौपचारिकसहित धेरै च्यानलहरूमार्फत त्यहाँ भारतीय समुदायसँग सम्पर्कमा रहेको छ,’ उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.