खुम्बुमा भारी हिमपात, पर्यटक खुसी
शुक्रबार साँझबाट राती ९ बजेसम्म भएको हिमपातका कारण लुक्लाभन्दा माथिल्लो क्षेत्र मनमोहक बनेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए। उनका अनुसार हिमपातपछि विदेशी तथा स्वदेशी पर्यटक हिउँ खेल्न व्यस्त बनेका छन्।
सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्र हिउँले सेताम्मे भएको छ। शुक्रबार वर्षातसँगै भारी हिमपात हुँदा खुम्बु क्षेत्र हिउँले ढपक्कै ढाकेको हो।
शुक्रबार साँझबाट राती ९ बजेसम्म भएको हिमपातका कारण लुक्लाभन्दा माथिल्लो क्षेत्र मनमोहक बनेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए। उनका अनुसार हिमपातपछि विदेशी तथा स्वदेशी पर्यटक हिउँ खेल्न व्यस्त बनेका छन्।
वैशाखमा समेत हिउँ खेल्न पाएपछि निकुञ्ज क्षेत्रमा आएका पर्यटक नाँचगान गरेर रमाइरहेका उपाध्यायले बताए। निकुञ्जको कार्यालय रहेको ठाउँ मुख्य भ्यू पोइन्ट भएकाले अहिले निकुञ्ज क्षेत्र हिउँ खेल्ने पर्यटकले भरिभराउ बनेको जनाइएको छ।
हिमपातपछि शनिबार बिहानैदेखि घाम लाग्दा खुम्बु क्षेत्र चाँदीझै टलक्कै टल्किएको स्थानीय फुर्वा शेर्पाले बताए। मनमोहक दृष्य अललोकन गर्न अधिकांश पर्यटक बिहानैदेखि डाँडापाखातर्फ निस्किएका छन्।