झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
सुन्नुहोस्

शनिबार बिहान करिब ४ बजे घरदेखि दुई सय मिटर दक्षिण आफ्नै मकै बारीमा दुई वटा जंगली हात्तीले मकै खाइरहेको थाहा पाएपछि भट्टराई हात्ती धपाउन गएका थिए। सोही क्रममा उनीमाथि हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक तिम्सिनाले बताए।

झापा : झापामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा वुद्धशान्ति गाउँपालिका–५ स्थित खारखोला निवासी ७० वर्षीय भीमबहादुर भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिए। 

शनिबार बिहान करिब ४ बजे घरदेखि दुई सय मिटर दक्षिण आफ्नै मकै बारीमा दुई वटा जंगली हात्तीले मकै खाइरहेको थाहा पाएपछि भट्टराई हात्ती धपाउन गएका थिए। सोही क्रममा उनीमाथि हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक तिम्सिनाले बताए। हात्ती स्थानीय पाँच पोखरी जंगलबाट आएको बताइएको छ। 

यता घटनापश्चात् इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.