भारत भ्रमणको घोषणा गर्दै प्रधानमन्त्रीले भने- राष्ट्रको हितलाई व्यवस्थित तरिकाले राख्न नसके अफ्ठ्यारो आउनसक्छ

भारत भ्रमणको घोषणा गर्दै प्रधानमन्त्रीले भने- राष्ट्रको हितलाई व्यवस्थित तरिकाले राख्न नसके अफ्ठ्यारो आउनसक्छ
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भारत भ्रमणको तयारीमा रहेको बताएका छन्। नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उक्त भ्रमण व्यवस्थित बनाउन आफू लागिपरेको बताए।

उनले आफ्नो विदेश भ्रमण राष्ट्रको हितमा हुनुपर्ने र राष्ट्रको स्वार्थ व्यवस्थित तरिकाले राख्नुपर्ने बताए।

'छिटै छिमेकी देशको भ्रमण हुँदैछ। तपाईँहरू सबैलाई थाहा छ। त्यसको तयारी राम्रो गरिएन भने, राष्ट्रको हित, स्वार्थ व्यवस्थित तरिकाले राख्न सकिएन भने अफ्ठ्यारो आउनसक्छ। त्यसको हामी तयारीमा छौं,' उनले भने।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यसलगत्तै भारतीय सञ्चारमाध्यममा आफ्नो पहिलो भ्रमण भारतबाट हुने घोषणा गरेका थिए।

प्रधानमन्त्री बनेयता उनले मिति तय भए पनि कतार र चीनमा आयोजित बोआओ फोरममा सहभागी भएका थिएनन्।

काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर भारत भ्रमणको निम्तो दिइसकेको बताइएको छ। सरकारले यसबारे औपचारिक मिति घोषणा नगरे पनि छिट्टै प्रधानमन्त्री भारत भ्रमणमा जाने बालुवाटार स्रोतको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.