पाँच किलो यार्सागुम्बासहित कोरियाली नागरिक पक्राउ, भियाग्रासमेत बरामद
काठमाडौं : पाँच किलो यार्सागुम्बासहित एक जना कोरियाली नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले उनलाई चेकेजाँज कक्षबाट पक्राउ गरेको हो।
काठमाडौंबाट कोरियाको सियोल जान लागेका एम५५६१३९६३ पासपोर्ट नम्बरका कोरियाली नागरिक ख्वन ग्यङसनलाई विमानस्थल प्रहरीले शुक्रबार पक्राउ गरेको हो। उनले पाँच किलो यार्सागुम्बालाई तरल पदार्थ बनाई लुकाइछिपाइ लैजान लागेको प्रहरी स्रोतको भनाइ छ। पाँच वटा बोतलमा रहेको यार्सा र उनको साथबाट भियाग्रासमेत बरामद गरिएको छ।
पक्राउ परेका ग्यङसनलाई प्रहरी हिरासतमा राखिएको छ। शनिबार विदाको दिन परेकाले वन विभागमा बुझाउन नसकिएको प्रहरीको भनाइ छ। थप अनुसन्धानका लागि उनलाई आइतबार विभागमा पठाइनेछ।