बारामा शान्तिपूर्णरुपमा मतदान जारी (फोटोफिचर)
बारा : बारामा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ। आइतबार बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।
बारा- २ बाट निर्वाचित जसपा नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो। बारा-२ मा कूल मतदाता १ लाख २ हजार ५४८ रहेका छन्। उक्त निर्वाचन क्षेत्रमा ८२ मतदानस्थल रहेका छन्। १३७ मतदान केन्द्रमध्ये संवेदनशील मतदान केन्द्र ६५ रहेका छन्।
बारामा जसपाका उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, आमजनता पार्टीका अरुण ज्ञवालीलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्। बारामा ३४ जना उम्मेदवारमध्ये २४ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्।
तस्बिर : क्रान्ति शाह/ बारा
प्रतिक्रिया दिनुहोस !
७