मधेशका मुख्यमन्त्री यादवलाई निर्वाचन आयोगले सोध्यो २४ घन्टे स्पष्टिकरण
काठमाडौं : निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घन्टे स्पष्टिकरण सोधेको छ। उननिर्वाचनको स्वच्छता,स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै स्पष्टिकरण सोधेको आयोगले जनाएको छ।
आयोगले मुख्यमन्त्री यादवलाई बारा क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचन आचारसंहिता विपरीत हुने गरी के कति कारणले पचरौता नगरपालिका क्षेत्र गएको भन्दै स्पष्टिकरण सोधेको हो ।
आयोगले निर्वाचनको समयमा मचरौता नगरपालिका क्षेत्र जाँदा प्रयोग गरेको सवारी साधन र सुरक्षा व्यवस्था सरकारी हो,होइन ? निर्वाचन आचारसंहिता उलंघन गरेकोमा निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने भनी २४ घण्टाभित्र लिखित स्पष्टिकरण पेश गर्न निर्देशन समेत दिएको छ।