चीनमा २० महिला वैज्ञानिक सम्मानित

चीनमा २० महिला वैज्ञानिक सम्मानित
सुन्नुहोस्

वायु प्रदूषण रोकथाम तथा अन्य क्षेत्रमा अनुसन्धानका लागि २० युवा महिला वैज्ञानिक र पाँच अन्य वैज्ञानिकको समूहलाई शनिबार पुरस्कृत गरिएको हो।

बेइजिङ : चीनले विभिन्न क्षेत्रमा कार्यरत महिला वैज्ञानिकलाई सम्मान गरेको छ। 

वायु प्रदूषण रोकथाम तथा अन्य क्षेत्रमा अनुसन्धानका लागि २० युवा महिला वैज्ञानिक र पाँच अन्य वैज्ञानिकको समूहलाई शनिबार पुरस्कृत गरिएको हो।

अखिल चीन महिला महासङ्घ (एसीडब्लुएफ) र ‘चाइना एसोसिएसन फर साइन्स एन्ड टेक्नोलोजी’ले आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष तथा एसीडब्लुएफका अध्यक्ष शेन युयुले महिला वैज्ञानिकहरूलाई आधारभूत राष्ट्रिय हित र जनताको चासोलाई ध्यानमा राख्न आग्रह गरेका छन्। 

शेनले उनीहरूलाई मौलिक र अग्रणी वैज्ञानिक र प्राविधिक अनुसन्धानमा सफलता हासिल गर्न, बहादुरीपूर्वक विज्ञान तथा प्रविधिमा देशको आत्मनिर्भरता र शक्ति बढाउन कुञ्जीका साथै आधारभूत प्रविधिमा हुने अवरोधका समस्याहरूको सामना गर्न आह्वान गरे।  

एसीडब्लुएफका अनुसार सन् २००४ देखि हालसम्म १८४ जना चिनियाँ महिला वैज्ञानिक तथा अनुसन्धातालाई पुरस्कृत गरिएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.