तनहुँमा रास्वपाका उम्मेदवार वाग्लेको निरन्तर अग्रता
तनहुँ : तनहुँ- १ को मतगणना जारी रहेको छ। सोमबार बिहान १३ हजार ६५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन्। वाग्लेले ७२९३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराईले ३२३४ मत पाएका छन्।
एमालेका सर्वेन्द्र खनालले २१३४ मत प्राप्त गरेका छन्। वाग्ले र खनाल एक्ला एक्ला प्रतिस्पर्धा गरेका हुन् भने भट्टराई सत्तारुढ दलका साझा उम्मेदवार हुन्।
जिल्ला समन्वय समिति भवनमा सीसीटीभि जडान तथा तारजाली लगाएर मतगणना गरिएको छ।