एसीसी प्रिमियर कप : नेपालको नजर सेमिफाइनलमा

एसीसी प्रिमियर कप : नेपालको नजर सेमिफाइनलमा
सुन्नुहोस्

सेमिफाइनलमा स्थान बनाउने लक्ष्यसहित नेपाल मुलपानी क्रिकेट मैदानमा उत्रिने छ।

काठमाडौं : एसीसी मेन्स प्रिमियर कपको समूह 'ए'अन्तर्गत नेपालले सोमबार साउदी अरबको सामना गर्दैछ। यसअघिका दुई खेलमा जित निकालेको नेपाल आज पनि सोही लय काम राख्दै सेमिफाइनलमा स्थान बनाउने लक्ष्यसहित मुलपानी क्रिकेट मैदानमा उत्रिने छ।

पहिलो खेलमा मलेसियालाई हराएको नेपालले शुक्रबार दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो। ओमानविरुद्ध रन खाता नखोल्दै दुई विकेट गुमाएको नेपालले कुशल मल्लको आक्रामक शतकमा ३ सय रन पार गरेको थियो। जुन नेपालले एक दिवसीय खेलमा बनाएको सबैभन्दा ठूलो योगफल हो। 

समूह ए मा सुरुआती दुई खेलबाट चार अंक जोडेको नेपाल शीर्ष स्थानमा छ। तीन खेलबाट चार अंक जोडेको ओमानको दोस्रो स्थानमा छ। तेस्रो स्थानको मलेसिया र चौथो स्थानको साउदी अरबको समान दुई अंक छ। पाँचौ स्थानको कतारले भने अंक खाता खोल्न सकेको छैन। 

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। प्रतियोगिताको विजेताले एसिया कपमा स्थान पक्का गर्नेछ। समूह बी मा बहराइन, युएई, हङकङ,कुवेत र सिंगापुर रहेका छन्। आजै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने समूह 'बी' को खेलमा बहराइन र हङकङआमने सामने हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.