स्वर्णिम वाग्लेको मतान्तर उच्च
तनहुँ : तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको मतगणना तीब्र रुपमा भइरहेको छ। हालसम्म ११ वटा वडाको १६,३४२ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै छ।
वाग्लेले निरन्तर अग्रता बढाउँदै लगेका छन्। अहिलेसम्म गणना भएका प्रत्येक वडामा वाग्लेलाई लगभग दोब्बर मत परेको छ।
गणना मत अनुसार स्वर्णिमले ९१९८ मत प्राप्त गर्दा काँग्रेसका गोविन्द भट्टराईले ४२१३ मत पाएका छन्। एमालेका सर्वेन्द्र खनालले २४३० मत ल्याएका छन्। पछिल्लो मत परिणाम अनुसार वाग्लेले ४९८५ को मतान्तर बनाएका छन्। भट्टराईले आफ्नै क्षेत्रमा कम मत पाएका छन्।
भानु-११ काँग्रेसका पुर्वमहामन्त्री गोविन्दराज जोशीको वडा हो। यस वडामा स्वर्णिमलाई १२०२ मत आएको छ। काँग्रेसका गोविन्दले ५९३ र एमालेका सर्वेन्द्रले १८३ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस !
५