श्रीलंकाबाट बाँदर निर्यात गर्ने निर्णयको विरोध

श्रीलंकाबाट बाँदर निर्यात गर्ने निर्णयको विरोध
फाइल तस्बिर।
सुन्नुहोस्

कोलोम्बो (एएनआई) : श्रीलंका कृषिमन्त्रीले १ लाख लोपोन्मुख टोक मकाक (बाँदर) लाई निजी चिनियाँ कम्पनीलाई निर्यात गर्ने योजना बनाएको घोषणा गरेपछि पशु अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेको भ्वाइस अफ अमेरिकाले जनाएको छ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको लोपोन्मुख वन्यजन्तुको संकटको सूचीमा समावेश गरिएको टोक मकाक श्रीलंकाको संरक्षित प्रजाति होइन। संरक्षणकर्मी र पशु अधिकारकर्मीहरूले चिनियाँ चिडियाखानामा एक लाख बाँदरलाई राख्ने व्यवस्थित चिडियाखाना छन् भन्नेमा आफूहरू विश्वस्त नभएको बताएका छन्। प्रयोगशालामा परीक्षणका लागि बाँदरहरू प्रयोग हुने सम्भावना बढी रहेको उनीहरूको दावी छ।

श्रीलंकाका अधिकारीहरूका अनुसार श्रीलंकामा रहेका करिब ३० लाख टोक मकाकहरूलाई बालीनालीमा क्षति पुर्‍याउने गरेको भन्दै किसानहरूले उनीहरूको व्यवस्थापनका लागि सरकारी निकायहरूसँग सहयोग माग्दै आएका छन्। ‘यो देशमा बालीनालीमा क्षति पुर्‍याउनुमा टोक बाँदर नै सबैभन्दा बढी जिम्मेवार रहेको र अहिलेसम्म सरकारले यिनीहरूको संख्या घटाउन गरेका सबै प्रयास असफल भएका छन्,’ मन्त्री अमरवीराले भने।

‘संरक्षणवादीहरूले यस कदमको आलोचना गरेका छन् र धेरैले जनावरहरूलाई प्रयोगशालामा परीक्षणका लागि प्रयोग गर्न सकिने डर व्यक्त गरेका छन्,’ भ्वाइस अफ अमेरिकाले रिपोर्ट गरेको छ। 

वन्यजन्तु तथा प्रकृति संरक्षण समाज, सेन्टर फर इन्भाइरोमेन्टल जस्टिस, फेडेरेशन अफ इन्भाइरोमेन्टल अर्गनाइजेसन र र्याली फर एनिमल राइट्स एन्ड इन्भाइरोमेन्ट श्रीलंकाले गत साता एक वक्तव्य जारी गर्दै चिडियाखानाको ‘विश्वव्यापी मान्यता प्राप्त मापदण्ड’ अनुसार १८ वटा चिनियाँ चिडियाखाना मात्र रहेको दाबी गरे।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.