तनहुँमा करिब ३० हजार मतगणना, कसले कति पायो ?
तनहुँ : तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा अहिलेसम्म कूल २९ हजार ८०२ मतगणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्ले १५ हजार १३५ मत प्राप्त गरी सुरूवाती अग्रतालाई कायम राखेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ८ हजार ७३१ मत प्राप्त गरी दोस्रो स्थानमा छन्। यसैगरी नेकपा एमालेका सर्वेन्द्र खनाल ४ हजार ९९९ मत प्राप्त गरेका छन्।
तनहुँ उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको छ।
प्रतिक्रिया दिनुहोस !
५