विद्यालयमा आगलागी हुँदा ५० लाख बढीको क्षति

विद्यालयमा आगलागी हुँदा ५० लाख बढीको क्षति
सुन्नुहोस्

गोरखा : भीमसेन थापा गाउँपालिका-३ टारीफाँटस्थित नवज्योति माविमा आगलागी हुँदा विद्यालयमा रहेको कम्प्युटर ल्याबमा क्षति पुगेको छ। 

सोमबार बिहान नौ बजेदेखि ११ बजेसम्म आगलागी हुँदा सबै कम्प्युटर जलेर नष्ट भएको वडा ३ का वडा अध्यक्ष ऋषिराम लामिछानेले बताए। 

‘विद्यालयमा बिहान पढाइ भइरहेको बेला एक्कासि कम्प्युटर ल्याबबाट आगोको  मुस्लो निस्केको थियो। पछि ल्याबको कोठा खोलेर हेर्दा ह्वारह्वार्ती आगो बलिरहेको थियो’, उनले भने, ‘तत्काल शिक्षक, विद्यार्थी, स्थानीयबासी र प्रहरी सबै मिलेर आगो निभायौँ।’  

बिहान १२ बजेतिर आगो नियन्त्रणमा आएको उनले बताए। प्रारम्भिक अनुमानका अनुसार सोलार ब्याट्रीबाट विद्युत सट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको उनले बताए। 
उक्त आगलागीबाट विद्यालयको कम्प्युटर ल्याबमा रहेका सबै कम्प्युटर जलेर जष्ट भएको छ। 
जसमा ३५ थान कम्प्युटर, एक थान एभिआरबोर्ड, एक थान इन्भर्टर, ३० थान कम्प्युटर टेबल, एक थान सिसि क्यामेरा र दुई थान क्यामेरा जलेर नष्ट भएको छ।

त्यस्तै, एक थान प्रिन्टिङ मेसिन, एक थान कलर प्रिन्ट, ५ थान झ्याल, २ थान ढोका, २५ थान प्लाष्टिक कुर्सी , २४ वर्गाकार कार्पेट, ३० थान कम्प्युटर चियर र ८ थान सोलार ब्याट्री रहेको उनले जानकारी दिए। सोलार प्यानलमा पनि केही क्षति पुगेको उनले बताए। 

सबै गरेर ५० लाखभन्दा बढी क्षति भएको वडा अध्यक्ष लामिछानेले बताए। विद्यालयको कम्प्युटर ल्याब बाहेक अन्यमा भागमा भने क्षति नभएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.