घोडेपानीमा वैशाखमा हिउँ पर्‍यो

घोडेपानीमा वैशाखमा हिउँ पर्‍यो
सुन्नुहोस्

बेनी : म्याग्दीको पर्यटकीय स्थल घोडेपानी, पुनहिल, खोपारा र मोहरेडाडामा सोमबार हिमपात भएको छ। 

समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटरमा अवस्थित घोडेपानीसँगै अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय स्थलहरू खोपारा, पुनहिल र मोहरेडाडा हिउँले ढाकिएको छ। 

अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य मानिएको घोडेपानी–पुनहिल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा पर्छ। सोमबार अपराहन्नदेखि हिउँ पर्न थालेको घोडेपानीका होटल व्यवसायी सपना गुरुङले बताइन्। 

समुन्द्रि सतहदेखि तीन हजार छ सय मिटर उचाइएको खोपारा अन्नपूर्णको ५ र तीन हजार ३०० मिटर उचाइको मोहरेडाडा ८ नम्बर वडामा पर्छ।

'दिउँसो १२ बजेबाट पानी पर्न थालेको थियो,' गुरुङले भनिन् 'साँझदेखि जमिनमा हिउँ जम्न थालेको छ। गाउँ र वरपरका पहाड सेताम्मे भएका छन्।' 

बेमौसमी हिमपातले चिसो बढाए पनि भ्रमणमा आएका पर्यटकहरूले रमाइलो मानेका छन्। हिउँ खेल्न पर्यटकहरू आउने र चहलपहल बढ्ने घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले बताइन्। वसन्त ऋतुमा बेमौसमी हिमपात भएको हो। 

यसपाली पुस र माघमा हिमपात भएन। हिउँद सकिएपछि फागुनको पहिलो सातादेखि हिउँ पर्न थालेको थियो। 

हिउँदको खडेरी र वसन्त ऋतुको सुरुवातसँगैको वर्षातका कारण घोडेपानी क्षेत्रमा यसपाली गुराँस कम फुलेको स्थानीयवासी समेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष डमबहादुर पुनले बताए। 

‘फागुन, चैत र वैशाख महिनामा भएको बेमौसमी हिमपातले गुराँस चाँडै निख्रियो,’ उनले भने ‘गुराँस नफुल्नु, फुलेका पनि चाँडै निख्रिनु र बेमौसममा हिमपात हुन तापक्रम वृद्धि र जलवायु परिवर्तनको अवसरका रूपमा लिएका छौं।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.