सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते

सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीमा चट्याङ लाग्दा तीन जना घाइते भएका छन्। जसमा एक जनाको अवस्था गम्भीर रहेको छ। 

जिल्लाको गोलन्जोर गाउँपालिका-३ ओख्लेका दुर्गा कुमारी भुजेलको ढुङ्गा माटोको घरमा चट्याङ पर्दा घरधनी  ५८ वर्षीया दुर्गाकुमारी भुजेल, उनकी बुहारी २८ वर्षीया हिराकुमारी भुजेल र छोरा ८ वर्षीय निकेश भुजेल घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता चिरञ्जीवी दाहालका अनुसार दुर्गा गम्भीर घाइते भएकी छिन्। 

उनको ढाडमा चोट लागेको छ। उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने हिराकुमारी र  निकेशको गोलन्जोर गाउँपालिका-७ खुर्कोटस्थित शुभ जीवन अस्पतालमा उपचार भइरहेको छ। 

दुर्गा भुजेलको घरको विद्युत मिटर बक्समा चट्याङ पर्दा उनको दुई तलाको ढुंगा माटोको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.