तनहुँ १ मा स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै
तनहुँ : तनहुँ क्षेत्र नं १ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णि वाग्लेले फराकिलो मतान्त्रर बनाएका छन्। उनले ९ हजार ३४९ मतान्तरसहित अग्रस्थानमा छन्।
४३ हजार ७१ मत गन्दा वाग्लेले २२ हजार २६० मत ल्याएका छन्। दोस्रोमा नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ९११ र नेकपा एमालेका सर्वेन्द्र खनाल ६ हजार ५९५ मतसहित तेस्रो स्थानमा छन्।
तनहुँमा कूल ६५ हजार ९९ मत खसेको छ।