सिन्धुलीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट, एक करोड बढीको क्षति

सिन्धुलीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट, एक करोड बढीको क्षति

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-२ चियाबारीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन्। एक करोड १६ लाख बढीको क्षति भएको छ।

सोमबार बिहान १ बजे स्थानीय राजकुमार श्रेष्ठको घरबाट सल्केको आगोले स्थानीय राजकुमार श्रेष्ठ, कौशल थापा, योग बहादुर थापा र गंगा थापाको पाँच वटा घर जलेर खरानी भएको प्रहरीले जनाएको छ। 

आगलागीबाट अन्नपात, भाँडाकुडा, लत्ताकपडा, नगद तथा गरगहना सहित १ करोड १६ लाख २० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।

दाहालका अनुसार राजकुमार श्रेष्ठको घर भाडामा लिई किराना पसल गर्दै आएकी अम्बिका बुढाथोकीले घरमा बालेको दियो बत्ती अचानक घरमा सल्कीदा अन्य चार घर जलेर पूर्ण रुपमा क्षति भएको थियो।

आगलागीबाट बुढाथोकीको किराना पसलको सामान, पर्निचर, लत्ताकपडा, भाँडावर्तन नगद एक लाखसहित १५ लाख, घरधनी श्रेष्ठको घर जल्दा १० लाख समेत गरी २५ लाख र कौशल थापाको नगद दुई लाख साठ्ठी हजार र सुनचाँदीको गरगहना, होटलको सामानसहित ३२ लाखको क्षति भएको छ। 

‘यस्तै योगबहादुर थापाको होटलको सामान, फर्निचर, लत्ताकपडा, भाँडाबर्तन, अन्य सरसामान र घर समेत २६ लाख र गंगाबहादुर थापाको नगद १३ लाख, होटलको सामान, फर्निचर, लत्ताकपडा, भाँडा, अन्य सरसामान र घर समेत ३३ लाख बराबरको क्षति भएको छ,’ दाहालले भने।

रातिको समयमा आगलागी हुँदा धेरै क्षति भएको प्रहरीको प्रारम्भीक अनुमान छ। छिमेकीको घरमा लागेको आगो नियन्त्रण गर्ने प्रयास गर्दा आफ्नो पनि सर्वस्व गुमेको स्थानीय सन्तोष काजी थापाको भनाइ छ।

अम्बिका बुढाथोकी सहति सबै आगलागी पीडितको नागरिकता, सर्टिफिकेट, लाइसेन्स, लालपूर्जा जस्ता महत्वपूर्ण कागजात समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ। 

त्यस स्थानमा यस अघि दुई पटक घर आगलागी भई सकेको छ। २०५४ मा आगलागीबाट घरबार बिहिन भएका थापा परिवारमा २५ वर्षपछि उहीँ विपत्ति आई परेको भन्दै कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले दुःख व्यक्त गरे। 

आगलागी पीडितसँगको भेटमा पोखरेलले नगरबाट सहयोग उपलब्ध गराउने बताए। यस वर्ष जिल्लामा आगालागीबाट एक जनाको ज्यान जानुका साथै एक जना गम्भीर घाइते भएका छन्। यो वर्ष आगालागीबाट १९ घरगोठ जलेर खरानी भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.