तनहुँ १ मा स्वर्णिम वाग्लेकाे जित सुनिश्चित

तनहुँ १ मा स्वर्णिम वाग्लेकाे जित सुनिश्चित

तनहुँ : तनहुँ निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको जित सुनिश्चित भएको छ । गन्न बाँकी मत भन्दा मतान्तर धेरै भएपछि वाग्लेको जित सुनिश्चित भएको हो । कुल खसेको ६५ हजार ९९ मतमध्ये ३६ वडामा रहेको ५३ हजार १२८ मत गणना हुदाँ स्वर्णिम १२ हजार ९ मतले अगाडि छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसुार अब गन्न बाँकी मत ११ हजार ९७१ रहेको छ । 

पछिल्लो विवरण अनुसार स्वर्णिमले २७ हजार ९८८ प्राप्त गरेका छन् । उनका निकटम प्रतिष्पर्धी काँँग्रेसका गोबिन्द भट्टराईको पक्षमा १५ हजार ९७९ मत आएको छ । एमालेका सर्वेन्द्र खनालले ७ हजार ३७९ मत पाएका छन् । 

तनहुँ क्षेत्र नम्बर १ मा पाँच पालिकाका ४२ वडा पर्छन्  । ४२ मध्ये ३६ वडाको मतगणना सकिएको छ । तनहुँ क्षेत्र नम्बर १ मा भानु नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.