किष्ट शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सम्पन्न
किष्ट शिक्षण अस्पतालले विगत दुई वर्षदेखि मृगौला प्रत्यारोपण गर्दै आइरहेकोमा कलेजो प्रत्यारोपण सेवा पहिलो पटक सम्पन्न गरेको हो। नेपालमा प्राइभेट अस्पतालमध्ये मृगौला र कलेजो दुबै अङ्गहरुको प्रत्यारोपण सेवा उपलब्ध गराउने यो एक मात्र अस्पताल हो।
काठमाडौं : किष्ट शिक्षण अस्पताल ललितपुरले पहिलो पटक बैशाख ११ गते कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ। प्रत्यारोपणका लागि कलेजो (अङ्ग) ग्रहण गर्ने र दान गर्ने शंखरापुर नगरपालिका, वार्ड नं ६ निवासी दम्पती हुन्।
किष्ट शिक्षण अस्पतालले विगत दुई वर्षदेखि मृगौला प्रत्यारोपण गर्दै आइरहेकोमा कलेजो प्रत्यारोपण सेवा पहिलो पटक सम्पन्न गरेको हो। नेपालमा प्राइभेट अस्पतालमध्ये मृगौला र कलेजो दुबै अङ्गहरुको प्रत्यारोपण सेवा उपलब्ध गराउने यो एक मात्र अस्पताल हो।
कलेजो प्रत्यारोपण कार्यमा अस्पतालले ४० जना दक्ष जनशक्ति परिचालन गरेको थियो। उक्त शल्यकृयामा भारत स्थीत ईन्दप्रस्थ अपोलो अस्पतालका डा.निरभ गोयल, डा. अरुण कुमार भेनुथुरिमिल्लि र डा. सञ्जिव अनेजा थिए।
साथै प्रतिष्ठानका तर्फबाट वरिष्ठ शल्यचिकित्सक प्रा.डा.मुकुन्द राज जोशीको नेतृत्वमा डा. एकानन्द सिंह, डा. वरुण श्रेष्ठ लगायत एनेस्थेसिया विभाग, क्रिटिकल केयर विभाग तथा ग्यास्ट्रोईन्टेरोलोजी विभागका सदस्यहरुको सहभागिता रहेको थियो। शल्यकृया सम्पन्न गर्न १५ घण्टा लागेको थियो।