सरकारलाई तोसिमा कार्कीको प्रश्न : स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढ्छ, स्वास्थ्य वीमा कहिले आउँछ?

सरकारलाई तोसिमा कार्कीको प्रश्न : स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढ्छ, स्वास्थ्य वीमा कहिले आउँछ?

काठमाडौं : सांसद तोसिमा कार्कीले संसदमा सांसदले उठाइएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ नदिएको भन्दै आपत्ती जनाएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले सांसदले प्रश्न उठाउने तर सम्बन्धित मन्त्री मुखदर्शक भएर बसिदिने परिपाटी सृजना भएको बताइन्। 

उनले प्रतिनिधिसभा नियमावलीमा ७ दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने व्यवस्‍था भएपनि त्यो लागू हुन सकेको भन्दै आपत्ती  जनाइन्।

सांसद कार्कीले भनिन्,'प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियमको २ मा स्पष्ट व्यवस्था छ ७ दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ। तर खै जवाफ ?

भक्तपुरमा स्वास्थ्य वीमा कहिले आउँछ?, नक्खु भैंसीपाटी सडक कहिले बनिसक्छ ? र स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढ्छ? भन्दै प्रश्न गरिन्। उनले यी प्रश्नहरूको सम्बन्धित मन्त्रीबाट जवाफ आउनुपर्ने माग गरिन्। 

सांसद कार्कीले सरकार सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताइन्। उनले सांसदले उठाएका प्रश्नहरू वेबसाइटमा राख्ने व्यवस्था मिलाउन माग गरिन्।

उनले भनिन्,' समस्या मात्रै राख्दिन सभामुख महोदय, म समाधान पनि दिन चाहन्छु । के–के प्रश्न उठे, ती प्र्र्र्र्रश्नहरूको अवस्था के छन् ? आम नागरिकले हेर्ने गरी वेबसाइटमा राख्ने व्यवस्था मिलाइयोस् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.